बाजुरामा यो वर्ष संघीय सरकारबाट हालसम्मकै उल्लेख्य बजेट, यस्ता छन् योजनाहरु !

नजिक न्युज संवाददाता    

बाजुरामा यो वर्ष संघीय सरकारबाट हालसम्मकै उल्लेख्य बजेट, यस्ता छन् योजनाहरु !

बाजुरा : संघिय सरकारबाट बाजुराका लागि यो वर्ष हालसम्मकै उल्लेख्य बजेट प्राप्त भएको छ । आर्थिक वर्ष २०७८÷०७९ मा खर्च हुने गरी एक सय बढी योजनाका लागि ६६ करोड ५८ लाख बजेट आएको हो ।

प्राप्त बजेट मध्ये अझै थप ५ वटा मन्त्रालयको योजना सार्वजनिक हुन बाँकी रहेको छ । गत वर्षका क्रमागत योजना बाहेक यो वर्षका लागि मात्र थप ६६ करोड ५८ लाख बजेट प्राप्त भएको संघिय सभा सदस्य लालबहादुर थापाको प्रमुख स्वकीय सचिव सुरेश रोकायाले बताएका छन् ।

बाजुरामा यति धेरै योजनामा एकसाथ बजेट आएको यो वर्ष नै पहिलो हो । संघिय सरकारबाट जिल्लाका लागि विषयगत मन्त्रालयबाट बिभिन्न शिर्षक तथा योजनामा बजेट विनियोजन गरिएको छ । यसै वर्ष प्रदेश सरकारबाट पनि जिल्लामा ६० करोड बढी बजेट आएको छ ।

जस अन्र्तगत शिक्षा तर्फ विशेष अनुदानतर्फ मष्टेश्वरी आ.वि को विद्यालय भवन निर्माण बडिमालिका नगरपालिका ५८ लाख, सरस्वति आधारभुत विद्यालयको भवन निर्माण बडिमालिका नगरपालिकाका लागि ५४ लाख, बुढिगंगा नगरपालिमा रहेको सारदा माद्यामिक विद्यालयको भवन निर्माणका लागि .२५लाख रुपैया प्राप्त भएको छ ।

यस्तै धुरालसैन माद्यामिक विद्यालयको भवन निर्माण ८३ लाख र बुढिनन्दा नगरपालिका कुरु कोल्टी खानेपानी आयोजनाका लाागि ३ करोड, खप्तड छेडेदह गाउँपालिका तर्फ बृहत शैक्षिक सुधार,गुणस्तर अभिबृद्धि सवैको पहुँचका लागि शिक्षा कार्यक्रममा ६३ लाख,पोषण मैत्रि नमुना वडा कार्यक्रममा ४२ लाख,.माद्यामिक विद्यालय भवन निर्माणका लागि रु ८३ करोड बजेस पास गरेको छ ।

त्यस्तै गौमुल गाउँपालिकामा फुलपाटा माद्यामिक विद्यालयको भवन निर्माण का लागि १ करोड ८ लाख, मानाकोट माद्यामिक विद्यालयको भवन निर्माण १ करोड २५ लाख रहेको छ । जगन्नाथ गाउँपालिकामा देवलकोट माद्यामिक विद्यालयको घेरपर्खाल तथा छात्रबास निर्माणमा १ करोड २५ लाख, धनेरीमेला ठाकुरडाडा हुदै वेर्मा खानेपानी निर्माण ५० लाख, बाख्रा पालन तथा युवा स्वरोजगार कार्यक्रममा रु ४२ लाख भागमा परेको छ ।

स्वामिकार्तिक खापर गाउँपालिकामा जेवाले खानेपानी सरसफाइ आयोजनामा ६२ लाख, सम्भुसुन्नदा माद्यामिक विद्यालयको जुकोट भवन निर्माण १ करोड २५ लाख, र त्रिबेणी नगरपालिकामा पोषण मैत्रि नुमना नगरपालिका तैयारीका लागि सामुदायीक हातेमालो कार्यक्रममा रु ४२लाख,ढडालि आधाभुत स्वास्थ्य केन्द्रको वर्थिङ्ग सेन्टर निर्माण रु १करोड ६६ लाख रहेको छ ।

समुपुरक अनुदानतर्फ बडिमालिका नगरपालिकामा बडिमालिका नगरपालिकाको प्रशासकिय भवन निर्माणमा २२ लाख, खप्तड छेडेदह गाउँपालिका ७ मा सरस्वती मा वि स्कुल फिल्ड निर्माणका लागि २० लाख, .दशरथ मा वि फिल्ड निर्माण  ४३ लाख, गौमुल गाउँपालिकामा भवन निर्माण रु १ करोड २५ लाख भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको आ.व २०७८÷०७९ मा समाबेस गरिएका छन् ।

जिल्लाको सडकहरुमा साफेँ–मार्तडी –कोल्टी सडक रक्से मार्तडी सडकमा १५ करोड, मार्तडी –घट्मुना–दहकोट हुदैँ बझाङ सिमाना जोड्ने सडक १ करोड २० लाख, मार्तडी– कोल्टी –कवाडी –विच्छ्याको सैन हुदै हुम्ला हिल्सा सडक २४ लाख, रजाली–अम्लिस सडक बडिमालिका न.पा–गौमुल गाउँपालिका जोड्ने सडक २४ लाख बजेट विनियोजन गरिएको छ ।
सडक पुलहरुमा पनि बिभिन्न स्थानमा रहेका पुलहरु समाबेस गरिएका छन् । जसमा गड्खेत बाउली खोला पक्कि पुल ४० लाख, कर्णाली नदि पुल,जगन्नाग गा.पा–१ पिलुचौर र स्वामिकार्तिक खापर गा.पा–४ सुइजिउला २० लाख, बाउली खोला पुल र बडिमालिका नगरपालिकामा.४० लाख बजेट छ ।

यस्तै बुढिगंगा नदि पुल साफे–मार्तडी सडक खण्ड २० लाख, गुइगाड पुल प्रोजेक्सन कार्य गुइगाड २० लाख, रिन्तखोला बल्दे बुढिगंगा मोटरेवल पुल त्रिवेणी न.पा –९ पैमा २० लाख, कर्णाली नदि पुल बाधुँ – वाइको विचमा ४७ लाख ५० हजार, बड्डिघाट कोल्टी खोला सडक पुल सम्भाव्यता अध्ययन, जुड्डिखोला पुल को सम्भाव्यता अध्ययन, घट्मुना नदि सडक पुल , र गौमुल गा.पा सम्भाव्यता अध्ययन का लागि रकम छुट्याइएको छ ।

त्यस्तै उर्जा जलस्रोत तथा सिचाँई मन्त्रालयबाट पनि बिभिन्न शिर्षकमा रकम छुट्याइएको छ । जस्मा बडिमालिका न.पा–४ मा रहेको ओलेना तटबन्ध निर्माण १५ लाख, पेटारेढुङ्गा जिउलो तल्लोबगर कुडिकर्रा राताढुङ्गा जिउलो बृहत तटबन्ध रु १५ लाख, युना बगर तटबन्ध निर्माण, हिमालि गा.पा–२ बाजुरा १५ लाख, कर्णाली बाट लिफ्टिङ्ग सिचाइ कुलोका लागि स्वामिकार्तिक खापर गाउँपालिका बाजुरामा ५ लाख, बुढिगंगा नगरपालिका लिफ्टिङ्ग सिचाइ कुलो बडिमालिका नगरपालिका–२ घागरमा १५ लाख, सिफ्टी सिचाई कुलो बुढिन्नदा नगरपालिका–५ मा ३० लाख, सिगारेगाड चाटाबगर पाण्डुसैन बुढिनन्दा नगरपालिका मा ५० लाख बजेट रहेको छ ।

यस्तै खोचिघाट सिचाई कुलो गोत्री .५० लाख, मिगिमुल सिचाई कुलो निर्माण योजना बाजुरा  ५० लाख, दाइढुङ्गा सिचाई पोखरी जुकोट स्वामिकार्तिक खापर  १० लाख, खेलापानी सिचाई कुलो जुकोट स्वामिकार्तिक खापर रु १० लाख, खप्तड सिचाई कुलो काँडा –११० लाख, बजेट छ ।

विउरी रिठा सिचाइ कुलो हिमाली –५ मा ४० लाख, जिल्लि सिचाई कुलो ८० लाख, ऋषिमाण्डौ सिचाई कुलो रजातोली ३० लाख, सतिवन सिचाई कुलो छेडेदह १ मा ५० लाख, जुडिढुङ्गा सिचाई कुलोमा  ५० लाख बजेट परेको छ ।

यसैबिच सहरी विकास मन्त्रालय मार्फतका जिल्लाको  बुढिगंगा नगरपालिकाको भौतिक पूर्वाधार निर्माण रु.५० लाख,  त्रिवेणि नगरपालिका बडा न.९ बल्दे रिन्तोला देखी बडिमालिका भण्डार गृह हुदै पार्वति मा.वि जाने सडक स्तरोन्नति कार्य १ करोड, बुढिगंगा नगरपालिका ५ नुवाघर वावै भगवति मन्दिर देखि चौपाडि सडक स्तरोन्नति रु ५० लाख, बडिमालिका नगरपालिकाको मार्तडीमा सघन सहरी विकास जिल्ला मुख्य नाला तथा सडक स्तरोन्नती रु १ करोड ५० लाख, बुढिन्नदा न पा सभाहल निर्माण रु. १० लाख रहेको छ ।

संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय तर्फका, गौमुल गा.पा–३ रौदिगाड झो पु २० लाख, बुढिनन्दा २ र ३ मा धुपे गाड झो पुरु ४५ लाख, बुढिगंगा न पा –५फालासैन झोपु रु २८ लाख, त्रिवेणी नगरपालिका किम्नी खोला नराली कासेगाड गडुली खोला निलखोला झो पु मा ३३ लाख विनियोजन गरेको छ ।

बडिमालिका नगरपालिका थुवाकोट, खारगाड झोपुका  लागि २५ लाख, बुढिगंगा नगरपालिका भेरेकिला, मैरे चुनेखोला, नुरिधार खोला २५ लाख, बुढीनन्दा नगरपालिका पानिया झो पु .१७ लाख, सिमगाड रौदिगाड ढुग्रा, गौमुल गा.पा २ अजेटोट्कि रु ३५ लाख, खप्तड छेडेदह गा.पा सिमपाटा तारेदह ठेकेवन झो पु २५ लाख बजेछ छ ।

दुमाली, जगन्नाथ गाउँपालिका भूकाखोला, चिसापानी झो पु २५ लाख, कम्तिकोट कटीया, स्वामिकार्तिक खापर गाउँपालिका छुदरी घट्टेपाटा रुडिखोला ३३ लाख, बिछ्या खोला, हिमाली गाउँपालिका छिन्दु खोला, सुप खोला ३३ लाख, गौमुल–६ घट्मुना नदि सडक पुल  ३० लाख, बार्जुगाड सडक पुल बाह्रविस–डोगडी बाजुरा ८० लाख, भौनेरा र बडिगाड नदी सडक पुलको लागि सर्वे डि पि आर तयार गर्न २० लाख बजेट छ ।

गौमुल गाउँपालिका ग्रामिण जलस्रोत परियोजना १ करोड ७५ लाख, स्वामिकार्तिक खापर गाउँपालिका ग्रामिण जलस्रोत परियोजना १ करोड ९० लाख रहेको छ । पोषण कार्यक्रम अन्र्ततका शिर्षकमा गौमुल गाउँपालिका २४ लाख, हिमाली गाउँपालिका २५ लाख, जगन्नाथ गाउँपालिका २७ लाख, स्वामिकार्तिक खापर गाउँपालिका २४ लाख, बुढिगंगा नगरपालिका २५ लाख, बुढिनन्दा नगरपालिका २७ लाख, त्रिवेणी नगरपालिका २४ लाख र खप्तड छेडेदह गाउँपालिकामा २५ लाख परेको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय तर्फका बजेटमा बडिमालिका मन्दिर निर्माण क्रमागत २ करोड, बडिमालिका मन्दिरको भण्डार संरक्षण मार्तडी १० लाख, सम्भुनाथ मन्दिर पंचदेवल परिसर जुकोट स्वामिकार्तिक गाउँपालिका १० लाख, रुपाली माई मन्दिर स्वामिकार्तिक खापर गाउपालिका १० लाख रहेको छ ।

डाडाबाडा मन्दिर पुर्वाधार निर्माण स्वामिकार्तिक खापर गाउँपालिका १० लाख, महादेव, घटाल मन्दिरको पूर्वाधार निर्माण गौमुल १ मा १५ लाख, कुलदेवतामाण्डौ मन्दिर संरक्षण १० लाख, वडालेख पर्यटन पदमार्ग तथा भ्यू टावर निर्माण खप्तड छेडेदह गाउँपालिका–७ १५ लाख बजेट छ ।

धामिवाडाबाट कैलास माण्डौ मन्दिर पदमार्ग बडिमालिका ७ ५ लाख, बुढिन्नदा पदमार्ग बुढीन्नदा नगरपालिकामा १५ लाख छ । यस्तै आरामे खोला तटबन्ध कार्य स्वामिकार्तिक ५ मा १५ लाख, डाँडा सैन गैरा तटबन्ध कार्य त्रिवेणी नगरपालिका–६ बाजुरा १५ लाख, जलवायु परिवर्तन सम्वन्धी कार्यक्रम त्रिवेणि नगरपालिका १ करोड १७ लाख बजेट छ ।

हिमाली गाउँपालिका उद्यान निर्माण १५ लाख, बुढीगंगा घागर तटबन्ध कार्य बडिमालिका नगरपालिका–२ मा १५ लाख, सिम तटबन्ध कार्य गौमुल १,२ मा १५ लाख, दोगडिमुल संरक्षण तथा खानेपानी निर्माण त्रिवेणि –१ भुगातोला १५ लाख, भैरादेखि ढिप्का सम्म सिचाई कुलो निर्माण खप्तड छेडेदह १ मा १५ लाख र बुढिगंगा नगरपालिका ८ दवलसैन बाजुरामा पार्क निर्माणमा १५ लाख परेको छ ।

खानेपानी मन्त्रालयतर्फका चालु आर्थिक बर्षका बजेटमा ठाडोखोला बृहत खानेपानी आयोजना बुढिगंगा १,२ मा ३० लाख, खप्तड छेडेदह लिफ्टिङ्ग खानेपानी योजना खप्तड छेडेदह ५० लाख, माडिखोला खानेपानी बृहत खानेपानी आयोजना गौमुल १ मा ३५ लाख, आखरतोला बृहत खानेपानी आयोजना जगन्नाथ गाउँपालिका–१ मा ३० लाख परेको छ ।

कुलदेवमाण्डौ बृहत खानोपनी बुढीगंगा ४ मा २५ लाख, कोल्टी बजार सहलगानी खानेपानी आयोजनामा ३ करोड, ब्रहमतोला खानेपानी आयोजना मा १० लाख, कालसिल कोटीला खानेपानी आयोजनामा १२ लाख, कोर्धजंगल बडिमालिका ६,८ खानेपानीमा १५ लाख परेको छ ।

जगन्नाथ ८ गोत्री सल्लेजग्र खानेपानी आयोजनामा १५ लाख, जुगाडा खानेपानीमा १५ लाख, कोर्ध ऐराडामा १५ लाख, चाउरेमारु बृहत खानेपानी पाण्डुसैनमा १२ लाख, गौराखोला खानेपानीमा १५ लाख, डिमरपानी बृहत खानेपानी पाण्डुसैन मा १० लाख, बथनलेख मुसिगाउँ सेरी दलित बस्ति खानेपानी रजालीमा १५ लाख परेको छ ।

गोठीपानी खानेपानी ब्रहतोलामा १५ लाख, टिमुरकोट भराका मेला खोपानी योजना गुदुखातीमा १५ लाख, गर्जे खानेपानी गौमुलमा १५ लाख, पानीनाउला तल्लोबजार खानेपानीमा ५ लाख, मैतोला खानेपानीमा ५ लाख, धौलापानी अंगाउपानी बृहत खानेपानीमा २० लाख, बसाला पाटा खानेपानीमा १९ लाख, जगन्नाथ खानेपानीमा १० लाख बडिमालिका मन्दिर खानेपानीमा ४० लाख रकम खानेपानी मन्त्रालयबाट छुट्याइएको छ ।  



बुधबार १३, साउन २०७८ ०८:४३ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.