बाजुरा जिल्ला अदालतमा १० वर्ष यताकै बढी मुद्दा, जबरजस्तीकरणी र सम्बन्ध बिच्छेदका मुद्दामा वृद्धी

नजिक न्युज संवाददाता    

बाजुरा जिल्ला अदालतमा १० वर्ष यताकै बढी मुद्दा, जबरजस्तीकरणी र सम्बन्ध बिच्छेदका मुद्दामा वृद्धी

बाजुरा : बाजुरा जिल्ला अदालतमा १० वर्ष यताकै सबैभन्दा बढी मुद्दा दर्ता भएका छन् । २०६८।६९ यतौकै २०७७।७८ मा बढी मुद्दा परेको जिल्ला अदालतले जानकारी गराएको छ । १० वर्ष पहिले वर्षभरी ३३ थान मुद्दा दर्ता भएकोमा यो वर्ष १ सय ६५ थान मुद्दा दर्ता भएका छन् ।

दर्ता भएका मध्ये पनि सम्बन्ध विच्छेद र जबरजस्ती करणका संख्या धेरै छन् । विगतको तुलनामा सम्बन्ध विच्छेद र जबरजस्ती करणीका मुद्दामा उल्लेख्य वृद्धि भएको निमित्त श्रेस्तेदार प्रकाशदत्त भट्टले बताएका छन् । यो वर्ष मात्र ३३ वटा जबरजस्तीकरणी र २६ वटा सम्बन्ध विच्छेदका मुद्दा परेका थिए । 

त्यसपछि हातहतियार सम्बन्धीका २२ थान मुद्दा परेका छन् । सम्बन्ध विच्छेदका मुद्दा १८ देखि २५ वर्ष उमेर समूहका बढी आउने गरेको र जसको पीडा आफन्त र अबोध सन्तानलाई हुने गरेको छ । गत आर्थिक वर्षको ३५ वटा र यो वर्षको १ सय ६५ थान मुद्दा रहेकोमा १ सय ३६ थान मुद्दा फैसला गरिएको छ । 

फैसला प्रतिशत हेर्दा यो वर्ष ६८ प्रतिशत मुद्दा फैसला गरिएको छ । सफल २ वर्ष कुनै मुद्दा नकटाउने गरि फैसला गर्न अदालत सफल भएको छ । विगतको तुलनामा यो वर्ष १ सय ६१ प्रतिशतले मुद्दा फैसला गरिएको जिल्ला अदालतले बताएको छ । 

जिल्ला अदालतले असारमा मात्र ३९ थान मुद्दा फैसला गरेको छ । कोरोनाले बैशाख जेष्ठको महिना काम नहुँदा अझै केही मुद्दा सार्नु परेको जिल्ला अदालतले बताएको छ । जिल्ला अदालतमा पत्रकारसँगको अन्र्तक्रियामा अदालतले सम्पादन गरेको बार्षिक काम बारे जानकारी गराइएको हो ।

निमित्त सेस्तेदारले स ञ्चालन गरेको अन्र्तक्रिया कार्यक्रममा जिल्ला न्यायधिस माधव प्रसाद धिमिरेले सहजिरकण गर्नु भएको थियो । सरकारी वकिल चुणामणि पराजुलसी सहितको सहभागिता रहेको कार्यक्रम जिल्ला अदालतमै भएको हो । 



शुक्रबार ०१, साउन २०७८ ०७:४७ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.