डडेल्धुरा प्रशासनले महिलाको नागरिकतामा पुरुषको तस्बिर टाँसिदिएपछि...

नजिक न्युज संवाददाता    

डडेल्धुरा प्रशासनले महिलाको नागरिकतामा पुरुषको तस्बिर टाँसिदिएपछि...

डडेल्धुरा : जिल्ला प्रशासन कार्यालय डडेल्धुराले एक महिलाको नागरिकता प्रतिलिपीमा पुरुषको तस्बिर टाँसेको पाइएको छ।

प्रशासनले जिल्लाको अमरगढी नगरपालिका–१ भनेर ठेगाना उल्लेख गरिएको देवकी धामीको नागरिकतामा एक पुरुषको फोटो राखेर त्रुटि गरेको हो।

धामीको नागरिकतामा अजयमेरु गाउँपालिका–१ समैजीका राजबहादुर भण्डारीको तस्बिर टाँसीएको हो। उक्त नागरिकताको प्रतिलिपिमा सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले हस्ताक्षर गरेका छन्। नागरिकतामा महिलाको पतिको नाम नवराज धामी उल्लेख छ। उनको ठेगाना भागेश्वर गाउँपालिका–४ रहेको छ। 

अजयमेरुका भण्डारीको नाम ठेगाना उल्लेख भएको नागरिकतामा धामीको तस्बिर टाँसेर उनलाई दिएको हुनसक्ने आशंका गरिएको छ।उक्त विषयमा जिल्ला प्रशासनले त्रृटि भएको हुनसक्ने भन्दै सम्बन्धित व्यक्तिलाई बोलाएको छ। 



बुधबार २३, असार २०७८ ०३:१३ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.