प्रदेश प्रमुख झा र पूर्व नगरप्रमुख मिश्रको भेटघाट

नजिक न्युज संवाददाता    

प्रदेश प्रमुख झा र पूर्व नगरप्रमुख मिश्रको भेटघाट

धनुषा: प्रदेश नम्बर २ का प्रमुख डा राजेश अहिराजले जनकपुरधाम उपमहानगरपालिकाका पूर्वप्रमुख राजदेव मिश्रसँग भेटघाट गरेका छन्। 

प्रदेश प्रमुख झाले शुक्रबार पूर्वनगरप्रमुख मिश्रको निजी निवासमा पुगेर भेटघाट गरेका हुन्। भेटमा उनले मिश्रको स्वास्थ्यस्थितिबारे जानकारी लिए। 

पूर्वनगर प्रमुख मिश्रको उच्च विचार र सदाचारी जीवनबाट आफूले धेरै कुरा सिक्न सक्ने उनले बताए। भेटमा उनले ज्येष्ठ नागरिकको समस्याका बारेमा पनि मिश्रसँग छलफल गरेका थिए।



शनिबार ०५, असार २०७८ ११:०८ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.