बाढी-पहिरोपछि हुन सक्ने रोगको जोखिमबाट सावधानी अपनाउन सुझाव

नजिक न्युज संवाददाता    

बाढी-पहिरोपछि हुन सक्ने रोगको जोखिमबाट सावधानी अपनाउन सुझाव

तरुणा जोशी, बझाङ्ग: बाढी, पहिरो लगायतका विपत्तिपछि विभिन्न रोगको जोखिम हुने भएकाले सावधानी अपनाउन डाक्टरहरुले सुझाव दिएका छन्। 

बाढी र पहिरोका कारण पानी, खाना र किटजन्य रोगहरुको जोखिम बढ्ने भन्दै सचेत रहन आग्रह गरिएको हो। बाढी तथा पहिरोका कारण पानीका मुहानहरु दुषित हुँदा रोगको जोखिम पनि बढ्ने भएकाले सावधानी अपनाउनुपर्ने स्वास्थ्य कार्यालयका प्रमुख भानुभक्त जोशीको सुझाव छ।

बर्खाको समयमा झाडापखाला, टाइफाइड, हैजा डेङ्गी लगायतका रोग लाग्ने भएकाले रोगको प्रकोपबाट बच्न शुद्ध खानेपानीको व्यवस्था गर्न, सरसफाइमा ध्यान दिन, वरपरका पानी जमेका खाल्डा पुर्न, सम्भव भएसम्म झुल लगाउन र पूरा शरीर ढाक्ने कपडा लगाउन जिल्ला अस्पतालका डाक्टर सन्दिप ओखेडाले अनुरोध गरे। 

झाडापखाला लगायतका सरुवा रोगहरु अर्को व्यक्तिमा पनि सर्ने भएकाले तुरुन्त स्वास्थ्य संस्थामा लैजान समेत अनुरोध गरिएको छ।



शनिबार ०५, असार २०७८ १०:५६ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.