पीसीआर मेसिन व्यवस्थापन र उपकरण खरिदका लागि सांसद थापाको पहलमा २५ लाख बजेट विनियोजन

नजिक न्युज संवाददाता    

पीसीआर मेसिन व्यवस्थापन र उपकरण खरिदका लागि सांसद थापाको पहलमा २५ लाख बजेट विनियोजन

बाजुरा : कोरोना भाइरस परीक्षण गर्न जिल्ला अस्पतालमा पीसीआर मेसिन अबबाट नियमित सञ्चालनमा आउने भएको छ । 

सांसद लाल बहादुर थापाको पहलमा पीसीआर मेसिन व्यवस्थापन गर्न र मेसिसंग सम्बन्धित अन्य आवश्यक उपकरण खरिदका लागि अर्थ अर्थ मन्त्रालयबाट २५ लाख बजेट विनियोजन भएको छ ।

जिल्ला अस्पताल बाजुरामा पीसीयार मेसिनसंग सम्बन्धित आवश्यक उपकरण खरिद र ल्याव व्यवस्थापनका लागि सांसद थापाले स्वास्थ्य तथा जनसख्या मन्त्रालय बजेट माग गरेको थिए ।

स्वास्थ्य तथा जनसंस्ख्या मन्त्रालयमा माग बमोजिम सिफारिस भई अर्थ मन्त्रालयबाट २५ लाख रुपैयाँ बजेट विनियोजन भइसकेको सांसद लालबहादुर थापाका स्वकीय सचिव सुरेश रोकायाले बताएका छन् । 

बजेट विनियोजन गरेकोले अस्पतालमा पीसीआर मेसिन नियमित सञ्चालन र व्यवस्थित गर्न आवश्यक उपकरण तथा ल्याव व्यवस्थापनका प्रक्रिया अगाडी बढाउने जिल्ला स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । 

सांसद थापाले बाजुरावासीलाई मध्यनजर राखेर जिल्ला अस्पतालमा पीसीआर मेसिन जडान, ल्याब व्यस्थापन र जनशक्तिका लागि सबै निकायसंग समन्वय गरी बजेट विनियोजन भएको बताए ।

‘पीसीआर मेसिन व्यवस्थापन र जनशक्तिका लागि बजेट विनियोजन भएको छ । छिटो काम गर्नुहोला उनले भने । पीसीआर मेसिनसंग सम्बन्धित आवश्यक उपकरण र ल्याव व्यवस्थापन भए कोरोना परीक्षणमा सहज हुने भएको छ ।

No photo description available.  



मङ्गलबार ०१, असार २०७८ ०९:१८ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.