प्रेस चौतारी नेपालले भन्यो –पूर्व प्रधानमन्त्रीका नामको वक्तब्य मुलुक असफल पार्ने षड्यन्त्र हो  !

नजिक न्युज संवाददाता    

प्रेस चौतारी नेपालले भन्यो –पूर्व प्रधानमन्त्रीका नामको वक्तब्य मुलुक असफल पार्ने षड्यन्त्र हो  !

धनगढी : प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेश कमिटीले पूर्व प्रधानमन्त्रीका नामको वक्तब्य मुलुक असफल पार्ने षड्यन्त्र भएको बताएको छ । प्रदेश कमिटीले प्रेस विज्ञप्ती मार्फत पूर्वहरुको नामको समूह बनाई आएको वक्तव्यको विरोध गरेको छ ।

मुलुकलाई असफल राष्ट्र बनाउने, जनतामा आतंक सिर्जना गर्ने र पद प्राप्तीका लागि मुलुककै अस्तित्वमाथि धावा बोल्न समेत पछि नपर्ने उदेश्य सहीतको षड्यन्त्र रचिएको आरोप चौतारीको छ ।

सुदूरपश्चिम प्रदेश कमिटी इन्चार्ज हेमन्त पौडेल र प्रदेश कमिटी अध्यक्ष कृष्ण ओलीको सयुक्त हस्ताक्षरमा जारी विज्ञप्तीमा मिसन बनाएरै संविधानले खडा गरेको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको बैधानिक संरचना माथिको धावा बोल्ने कामको नेतृत्व पाँच जना पूर्वप्रधानमन्त्रीहरुले गर्नुभएको उल्लेख गरिएको छ । 

पाँच जना पूर्वप्रधानमन्त्रीहरुले निकालेको वक्तब्य संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान, प्रचलित कानुन र न्यायलयको स्थापित सिद्धान्तको विपरित रहेको र वक्तब्यमा उल्लेखित भाषाबाट मुलुकलाई असफल राष्ट्र बनाउनेदेखि विदेशी प्रतिक्रियावादीको षड्यन्त्र देखिएको चौतारीले बताएको छ । 

पूर्वप्रधानन्यायाधीशपछि पूर्वप्रधानमन्त्रीहरु सविधान भन्दा बाहिरको बाटोबाट आफ्नो पक्षमा फैसला गर्न अदालतलाई दवाव दिने र सरकारलाई काम गर्न नदिने नियोजित षडयन्त्रबाट अघि बढेको कार्यको विरोध गरेको छ ।

मुलुक सञ्चालनको नेतृत्व गरिसकेका नेताहरुबाट आफ्नो पद प्राप्ती नै अन्तिम अभिष्ट बनाएर जनतामा निराशा पैदा गर्ने र कम्पर्टेवल सरकार बनाउने घोषणा कसैको सेवा गर्ने उदेश्यले रचिएको योजना समेत झल्किएको विज्ञप्तीमा उल्लेख छ ।

सर्वाेच्च अदालतबाट कर्णाली प्रदेशका चार जना सांसदमाथि कार्वाही गरिएको बिषयमा आएको फैसला निकै गम्भीर र जटिल रहेको बताएको छ । राजनीतिक दलको विधान अनुसार कार्वाहीमा परेका सांसदलाई पुनर्बहाली गर्दै बैधानिक केन्द्रीय कमिटीले गरेको निर्णय नै नमान्ने कुरा संबिधान अनुसार भएको मान्न नसकिने समेत विज्ञप्तीमा उल्लेख छ ।

संविधानको मर्म र भावनाविरुद्ध आएको यो आदेश न्यायलयबाटै सच्याउन जरुरी रहेको र यसले नै न्यायलयप्रतिको गरिमा बढ्ने प्रेस चौतारीले बताएको छ । हामी न्यायलयमा रहनुभएका सबै न्यायमुर्तिहरु संविधानभन्दा बाहिर गएर कुनै पनि राजनीतिक दलको गोट्टी बनेर नेपाली जनताको आस्था र विश्वासमाथि कहिल्यै घात गर्नुहुने छैन भन्ने विश्वास गर्दै र प्रभाव र दवावमा न्याय मार्ने कामलाई कसैले पनि प्रोत्साहित गर्न नहुने र न्यायालयबाट त झनै यसप्रति गम्भीरता अपनाउनु पर्छ भन्ने प्रेस चौतारीले आफ्नो धारणा प्रष्ट पारेको छ ।

विज्ञप्तीमा कोरोना महामारी रोकथाम, नियन्त्रण, उपचार र खोपमा सम्पूर्ण ध्यान केन्द्रीत गर्न र प्रेस तथा अभिब्यक्ति स्वतन्त्रता हनन् हुने कुनै पनि काम नगर्न सम्वद्ध सवै पक्षसँग अपिल समेत गरेको छ ।

May be an illustration



सोमबार ३१, जेठ २०७८ ०८:०९ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.