बाजुरामा केही खुकुलो बनाएर पुनः लम्बियो जारी निषेधाज्ञा, अब के-के गर्न पाइने छ ?

नजिक न्युज संवाददाता    

बाजुरामा केही खुकुलो बनाएर पुनः लम्बियो जारी निषेधाज्ञा, अब के-के गर्न पाइने छ ?

बाजुरा :बाजुरामा जारी निषेधाज्ञा फेरी लम्बिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले बैशाख २२ गतेदेखि थप्दै आएको निषेधाज्ञा असार ७ गतेसम्म लम्बिएको हो ।  

जिल्लामा कोरोना संक्रमणदर धेरै नघट्दै गएको र निको हुनेको संख्या दैनिक बढ्दै गएभको भन्दै असार ७ गतेसम्म निषेधाज्ञालाई निरन्तरता दिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीले बताएका छन् ।  

उनका अनुसार केही अत्यावश्यक खाद्य बस्तुका पसलहरु विहान १० बजेसम्म मात्र खुल्दै आएका थिए, अबबाट १२ बजेसम्म खुल्ला गर्न पाइने छ । सबै बैंक तथा वित्तीय संस्थाहरु स्वास्थ्यका मापदण्डहरुको कडाईका साथ पालना गरी सञ्चालन गर्न सकिने छ । अत्यावश्यक सेवाका कार्यालय र सवारी साधन सञ्चालन गर्न सकिने छ । 

यस्तै तरकारी, फलफूल, खाद्यान्न, दूध डेरी, मासु, खानेपानी, ग्याँस पसलहरु, किराना पसल मात्र हरेक दिन बिहान १० बजेदेखि दिउँसो १२ बजेसम्म सञ्चालन गर्न पाइने निर्णय भएको छ । 

यसैगरी होलट, मदिरा पसल र शैलुन बाहेक अन्य पसलहरु विहान ६ बजेदेखि दिउँसो १२ बजेसम्म खुला गर्न पाइने छ । जिल्ला भित्र दुई पाग्रे सवारी साधान सञ्चालन गर्न पाइने र अनिवार्र्य मास्कको प्रयोग गरेर मात्रै चलाउने पाउने निणर्य गरेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।    

संक्रमितको सख्या बढ्दै गएमा सम्बन्धित स्थानीय तह तथा वडा कार्यालयले निषेधाज्ञा लागु गर्न सक्ने बताएको छ । खाद्य ब्यापार तथा बिक्री केन्द्र असार १ गतेदेखि लागू हुने गरी बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म खुलाउने निणर्य गरिएको जनाएको छ । 

शैक्षिक सत्र सुरुवात भएकाले पाठ्यपुस्तक विक्रीमा सहजीकरणका लागि पुस्तक पसलहरु समेत विहान १२ बजेसम्म खुला गर्न पाइने छ ।  



सोमबार ३१, जेठ २०७८ ०४:०७ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.