ओली माथिको आक्रमण रोक्न अध्यादेश : शाही

नजिक न्युज संवाददाता    

ओली माथिको आक्रमण रोक्न अध्यादेश : शाही

बाजुरा : नेपाल कम्यूनिष्ट पार्टीका नेता एवं राजनीतिक बिश्लेषक दयालबहादुर शाहीले ओली लहर माथि प्रहार गरिएको चौतर्फी आक्रमण रोक्न अध्यादेश ल्याएको बताएका छन् । राष्ट्र, राष्ट्रियता, विकास र सुशासनका पक्षमा ओलीले लिएको अडानका विरुद्ध पार्टी भित्र र बाहिरबाट आक्रमण हुन थालेपछि अध्यादेश ल्याएको हुन सक्ने बताएका छन् ।

संकटको समयमा साथ दिनु पर्नेमा बन्द कोठाबाट गरिएको षडयन्त्रका विरुद्ध सांकेतिक जवाफ दिन र सबै लोकतान्त्रिक पार्टीलाई सहज बनाउन अध्यादेश ल्याएकोले यसलाई ठूलो धक्कामा रुपमा नबुझ्न आग्रह गरेका छन् । ओली निकट मानिने शाहीले खारिएर आएको र युग बुझेको नेतृत्वको कदर र सम्मान गर्न सक्नु पर्ने बताएका छन् । 

भारतीय जनता पार्टीको जित मोदी लहरकै कारण प्राप्त भएको र नेकपा लहर ओलीकै कारण आएको दाबी गरेका छन् । रेडियोसँग कुरा गर्दै शाहीले केही मन्त्रीमा चित्त बुझाउन तयार एमालेलाई देशकै मुलधारमा ल्याउने र बहुमतको सरकार सञ्चालन गर्ने हैसियत ओलीकै कारण प्राप्त भएको बताएका छन् । 

पार्टी फुटकै लागि मात्र अध्यादेश आएको नबुझी एक तिर दुई सिकार गर्न आएको बुझ्न अपिल गरेका छन् । पार्टी अध्यक्ष प्रचण्डले आन्तरिक रुपमा फुटाउ र राजगर भन्ने नीति नत्यागे र सच्चीन नकसेक पूर्व एमाले ब्यूतिन सक्ने खतरा औल्याएका छन् । 

शान्ति प्रक्रिया पछि सरकार विस्थापन र राजनीतिक अस्थीरतामा प्रचण्डको संलग्नता रहेकोले कार्यशैली परिवर्तन नभए आफ्ना बाटो लाग्न संकेत गरेर नै अध्यादेश ल्याएको हुन सक्ने दाबी शाहीको छ । पूर्व माओवादी विरोध मानिने शाहीले पूर्व एमाले पुर्नगठनको संघारमा पुग्ने नपुग्ने अवस्थाको ग्यारेन्टी प्रचण्डले लिनु पर्ने बताएका छन् ।

माधव, झलनाथ र बामदेवलाई हातमा लिएर केपीलाई किनारा लगाउने सपना समेत नदेख्नु स्वयम प्रचण्डकै लागि अहित हुने बताएका छन् । विशाल पार्टीको नेता हुवा वा पतन भएर पूर्व माओवादी समूहमा खुम्चीने त्यो प्रचण्ड कै कार्यशैलीमा भर पर्ने शाहीको भनाई छ । 

महामारीको समयमा सरकारलाई सहयोगको साँटो, विफल पार्ने षड्यन्त्र रच्ने छुट प्रचण्डसँग नभएको भन्दै शाहीले मानवीय व्यवाहार र जिम्मेवार भूमिका निर्वाह गर्न अपिल गरेका छन् । 

पाँच वर्षसम्म ओली बाहेकको विकल्प खोजिए कसैका लागि हित नहुने र राजनीतिक अस्थीरता जनतालाई समेत स्वीकार्य नहुने शाहीले बताएका छन् । शाहीले साना पार्टीलाई सजिलो पार्न पनि अध्यादेश आएकोले शसंकित हुन आवश्यक नरहेको बताएका छन् । 



बुधबार १०, बैशाख २०७७ ०६:०४ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.