संकटमा सरकारले सबैका कुरा सुन्नु पर्छ : भीम रावल

सरकार पार्टीको सल्लाह विनै चलेको आरोप

नजिक न्युज संवाददाता    

संकटमा सरकारले सबैका कुरा सुन्नु पर्छ : भीम रावल

बाजुरा : नेपाल सरकारका पूर्व उपप्रधान तथा रक्षा मन्त्री डाक्टर भीम रावलले संकटमा सरकारले सबैका समस्या र भावनाको कदर गर्न सक्नु पर्ने बताएका छन् । सामाजिक सञ्जाल देखि सञ्चार माध्यममा आएका विषयलाई सुझावका रुपमा लिन सक्नु पर्ने धारणा रावलको छ ।

नेकपा स्थायी कमिटी सदस्य समेत रहेका रावलले लोकतन्त्रमा सरकारको कार्यकारी अधिकार र जिम्मेवारी पाएका व्यक्तिले सुझावलाई विरोध मान्न नहुने र सुझावलाई आत्मसाथ गरि जनताको विश्वास जित्न सक्नु पर्ने बताएका छन् । रेडियो बाजुराको कोरोना विरुद्धको कार्यक्रम संवाद र सहकार्यमा रावलले समस्या र संटकमा आउने सुझाव र आक्रोशलाई कम्यूनिष्ट सरकारले झनै संवोधन गर्नु सक्नु पर्ने भनाई राखेका छन् ।

सुझाव र सल्लाहलाई असहयोग र विरोध ठान्नु भएन्, त्यसो लाग्छ भने मेरो भन्नु केही छैन्, रावलको भनाई छ । तर पार्टी भित्रबाट सरकारलाई कस्ले के असहयोग गर्यो त्यो मलाई थाह नभएको बताएपनि पार्टीको छलफल र सल्लाह भने हुनै छोडेको रावलले स्वीकार गरेका छन् ।  

सामुहिक निर्णय र व्यक्तिगत जिम्मेवारी पार्टीको नीति नै हो, त्यो भएको देखिदैन्,मन्त्री परिषद्को बैठक मुखमा माक्स लगाएर बस्न सक्छ भने सचिवालय र स्थायी कमिटीको बैठक किन बस्न सकेन् रावलले प्रति प्रश्न गरे । तर सर्वदलिय संयन्त्र बनाइहाल्नु पर्ने अवस्था भने नभएको बताएका छन् । 

गठन गरेपनि प्रधानमन्त्रीकै नेतृत्वमा हुने भएकोले विपद व्यवस्थापन समितिलाई नै सक्रिय बनाएर सबैलाई समेटेर काम गर्न सके पुग्ने बताएका छन् । मजदुर र सर्वाहाराको पार्टीले अस्तव्यस्त अवस्थाको स्थिति आउनै नदिने गरि काम गर्न सरकार सक्षम हुनु पर्ने बताएका छन् ।

देशकै श्रोत साधनको प्रयोग गर्ने र सुरक्षा, सावधानी तथा व्यवस्थापनमा बिशेष ध्यानदिनु पर्ने रावलको सुझाव छ । आफ्नो तरकारी कुहिने र भारतको तरकारीमा भर गर्नु पर्ने अवस्थाको अन्त्य गरिनु पर्ने आग्रह रावतको छ । सरकार प्रति अदृश्य रुपमा विरोध प्रकट गरेका रावलले ओम्नी समूहसँग गरिएको औषधी खरिद प्रक्रियामा भने छानवीन हुनु पर्ने प्रष्ट धारणा रहेको बताएका छन् । 

कम्यूनिष्ट पार्टीको सरकारले मजदुर र विपन्नको अभिभावक बन्नु पर्ने बेला भोकै हिँडाएर अलपत्र अवस्था देखाउनु राम्रो नभएकोले गन्तव्यमा पुग्ने व्यवस्था सरकारले गर्नु पर्ने बताएका छन् । नेकपा सुदूरपश्चिम प्रदेश कमिटी इन्चार्ज समेत रहेका रावलले प्रदेश सरकारको भने बचाउ गरेका छन् । 

रावलले सीमा समस्या, स्वास्थ्य कर्मीको व्यवस्थापन राष्ट्रिय सन्दर्भमा हेर्नु पर्ने विषय भएकोले प्रदेशले काम नगरेको भन्न नमिल्ने बताएका छन् । सीमामा अलपत्र परेका नेपालीको उद्दार गर्नु पर्ने बताएका रावलले क्वारेन्टाइनमा राख्नै परेपनि आफ्नै भूमिमा ल्याएर राख्नु पर्ने विषयमा सरकार सचेत हुनु पर्ने धारणा राखेका छन् ।

रावलले खेतीपातीको काम बन्दको अवस्थामा ठप्प हुदैन् सरकारले त्यसलाई सहज बनाउने गरि व्यवस्था मिलाउनु पर्ने र कार्ययोजना बनाएर नै उत्पादन र आन्तरिक तयारीमा जोड दिनुु पर्ने बताएका छन् । 

सुरुवातीमा तयारीले गति लिन नसकेपनि पछिल्लो समयमा औषधी ल्याउने, स्वास्थ्य कर्मी व्यवस्थापन गर्ने जस्ता राम्रा काम भईरहेको रावलको भनाई छ । रावलले लक डाउनलाई सावधानी र अवसर दुबै रुपमा उपयोग गर्नु सुझाव दिएका छन् । 

अहिले कतिपय लेखक सर्जकहरुले साहित्य सिर्जना गर्ने, अध्ययन गर्ने बेला पनि हो, सुरक्षा र सावधानी अपनाउनु पर्ने नै छ, त्यसैमा समस्या समाधान सहीत कुनै न कुनै प्रकारले उत्पादनमुखि बताउनु पर्ने बताएका छन् । मदिरा सेवन र विक्री वितरण तर्फ संकेत गर्दै रावलले यो बेला सामाजिक विकृतिलाई र गलत अभ्यासलाई पूर्ण रुपमा बन्देज गरिनु पर्ने बताएका छन् । 



आइतबार ०७, बैशाख २०७७ ०६:३२ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.