डडेल्धुराको अमरगढीमा एक कोरोना संक्रमितको मृत्यु

नजिक न्युज संवाददाता    

डडेल्धुराको अमरगढीमा एक कोरोना संक्रमितको मृत्यु

डडेल्धुरा: डडेल्धुरामा थप एक जना कोरोना संक्रमितको ज्यान गएको छ। जिल्लाको अमरगढी नगरपालिका–५ का अन्दाजी ६५ वर्षीय पुरुषको मृत्यु भएको हो। 

कोरोना संक्रमणपछि डडेल्धुरा अस्पतालमा उपचाररत उनको बिहीबार दिउँसो ज्यान गएको आफन्तले बताएका छन्। उनी विगत ३ दिनदेखि अस्पतालमा उपचाररत थिए। 



बिहिबार ३०, बैशाख २०७८ ०६:४७ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.