बाजुरामा थप १२ जनामा कोरोना पुष्टि, दुईको मृत्यु, संक्रमितको संख्या २१५ पुग्यो,

नजिक न्युज संवाददाता    

बाजुरामा थप १२ जनामा कोरोना पुष्टि, दुईको मृत्यु, संक्रमितको संख्या २१५ पुग्यो,

बाजुरा : बाजुरामा पछिल्लो २४ घण्टामा कोरोना १२ जनामा कोरोनाभाइरस (काभिड १९) संक्रमण पुष्टि भएको छ । भने दुई जनाको मृत्यु भएको छ । २० जनाको एन्टिजेनबाट गरिएको परीक्षणमा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

हालसम्म जिल्लामा ६ सय ११ जनाको कोरोना परीक्षण गरिएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका निमित्त कार्यालय प्रमुख महेश चन्दले बताएका छन् । जस मध्ये २१५ जनामा कोरोना संक्रमण पुष्टि भएको उनले बताए ।  

१२ जना संक्रमित थपिएसंगै जिल्लामा कोरोना संक्रमितको संख्या २१५ पुगेको छ । भने कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएसंगै बाजुरामा कारोनाले ज्यान गुमाउनेको संख्या ४ पुगेको छ । यस्तै जिल्लामा कोरोना जित्नेको संख्या १७ पुगको छ । 



सोमबार २७, बैशाख २०७८ ०४:५२ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.