बाजुरामा थप २ जना काेराेना संक्रमितकाे ज्यान गयाे, ज्यान गुमाउनेकाे संख्या ४ पुग्याे

नजिक न्युज संवाददाता    

बाजुरामा थप २ जना काेराेना संक्रमितकाे ज्यान गयाे, ज्यान गुमाउनेकाे संख्या ४ पुग्याे
फाईल तस्बिर ।

बाजुरा : बाजुरामा थप २ जनाकाे कोराना कारण ज्यान गएकाे छ । ज्यान जानेेमा बडिमालिका नगरपालिका वडा न २ का ५९ बर्षका बृद्ध र बडिमालिका नगरपालिका ९ की वर्ष ४० की महिलाको मृत्यु भएकाे जिल्कारणला अस्पताल बाजुराका कोभिड १९ सुचना अधिकारी चुडामणी पन्तले बताएका छन ।

५९ बर्षका बृद्ध दमका बिरामी रहेका उनको थप उपचारका लागि जिल्ला अस्पताल बाजुरामा उपचार गर्न आएका र उनको उपचारको क्रममा एन्टिजेन विभिधबाट गरिएको परीक्षणमा उनको मृत्यु भएको सुचना अधिकारी पन्तले बताएका छन ।

त्यसै गरी ४० वर्षकी महिला किड्नीको समस्या भएको र उपचार गर्दा कोरोना पोजेटिभ देखएको जनाएकाे छ । याे संगै बाजुरामा काेराेनाका कारण मृत्यु हुनेकाे सख्या ४ पुगेकाे छ ।



सोमबार २७, बैशाख २०७८ ०९:४९ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.