लकडाउनमा विरामी र सुत्केरी बोक्न लोक थापाले निजी गाडी उपलब्ध गराउने

नजिक न्युज संवाददाता    

लकडाउनमा विरामी र सुत्केरी बोक्न लोक थापाले निजी गाडी उपलब्ध गराउने

बाजुरा : स्वास्थ्य कर्मी समेत रहेका बुढीगंगा नगरपालिका १ का लोकबहादुर थापाले निजी गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्न घोषणा गरेका छन् । अति विपन्न, उपचार सेवाका लागि तड्पीरहेका विरामी, सुत्केरीहरुका लागि निजी गाडीलाई एम्बुलेन्सका रुपमा प्रयोग गर्ने घोषणा गरेका हुन् ।

कोरोना संक्रमित बाहेक अन्य सबैप्रकारका रोगी, विरामीको सेवाका लागि गाडीर्ला लकडाउन अवधीभर एम्बुलेन्सको रुपमा प्रयोग गर्ने लोकबहादुर थापाले बताएका छन् । विपतमा गर्न सकिने सहयोग स्वरुप नगरपालिकालाई समेत जानकारी गराएर एम्बुलेन्सको रुपमा प्रयोग गर्न खोजेको थापाले बताएका छन् ।

बाजुरादेखि जिल्ला बाहिरका स्वास्थ्य संस्थासम्म पुर्याउने, ल्याउने, जिल्ला भित्रै ओसार पसार गर्ने थापाले जानकारी गराएका छन् । पैसा तिर्नसक्नेका लागि सहुलियत दरमा र अन्य अवस्था हेरेर, अति विपन्न परिवारका लागि गाडी चालकलाई खाना समेत आफैले खाना, तेल समेतको व्यवस्था गर्ने गरी सहयोगको घोषणा गरेका हुन् ।

थापाको आफ्नै से १ च २९५७ नम्बरको गाडी एम्बुलेन्स बनाउन लागेका हुन् । कैलाशेश्वरी कृषि फर्म एण्ड पोल्टी सप्लार्यको नाममा रहेको गाडीको सम्पर्कका लागि ९८६८८६५४३० मा सम्पर्क गर्न अनुरोध गरिएको छ । थापाले अन्य अत्यावश्यक जनस्वास्थ्यका सामाग्री ढुवानीका लागि समेत आफूले सहयोग गर्ने बताएका छन् ।



आइतबार २६, बैशाख २०७८ ०७:४४ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.