बडीमालिका–९ का वडाध्यक्ष विनोद कुमार विकको मृत्यु

नजिक न्युज संवाददाता    

बडीमालिका–९ का वडाध्यक्ष विनोद कुमार विकको मृत्यु

बाजुरा : जिल्लाको बडीमालिका नगरपालिका वडा नं.९ का वडाध्यक्ष विनोद कुमार विकको मृत्यु भएको छ । आज जिल्ला अस्पताल बाजुरामा एन्टिजेनबाट कोरोना परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई अस्पतालमा उपचार समभव नभएपछि थप उपचारका लागि डडेल्धुरा रिफर गरिएको थियो ।

उपचारको लागि डडेल्धुरा लिने क्रममा अछामको साँफेबगरमा मृत्यु भएको हो । उनलाई अक्सिजन सहित भ्यान्टिलेटरको आवश्यकता पर्ने भएकोले अस्पतालबाट रिफर गरिएको थियो । 

पारवारिक स्रोतका अनुसार अध्यक्ष विक एक हप्ता अधिदेखि नै विरामी भएका र शनिबार उपचारका लागि अस्पताल लगिएको बताए । उनको कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो । थप उपचारका लागि डडेल्धुरा लैजादै गर्दा अछामको साफेबगरमा उनको मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।  



शनिबार २५, बैशाख २०७८ ०९:०५ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.