बाजुरा कारागारका कैदीबन्दी आन्दोलित

नजिक न्युज संवाददाता    

बाजुरा कारागारका कैदीबन्दी आन्दोलित

बाजुरा : जिल्ला कारागार बाजुराका कैदीबन्दीमा आन्दालित भएका छन् । कारागारमा क्षमता भन्दा दोब्बर बढी राखेर न्युनतम सेवा सुविधा नदिएको भन्दै शुक्रबार बिहान उनीहरु आन्दोलित भएका हुन । 

२५ जना क्षमता रहेको बाजुरा कारागारमा दोब्बर बन्दी राखिएका छन् । क्षमता भन्दा बढी कैदीबन्दी राखेर उचित व्यवस्थापन नै नगरेको भन्दै बन्दी होहल्ला गरेर अन्दोलनमा उत्रिएका बताईएको छ ।

२५ जना राख्नु पर्नेमा ५९ जना बन्दी एकै ठाउँमा राखेर बस्न असजिलोका साथै कोचाकोच भएर बस्नु पर्ने बाध्यता रहेकोले यो अवस्था हटाई उचित व्यवस्थापन गर्नु पर्ने बन्दीको माग छ । 

कोरोना संक्रमणको बेलामा पनि दोब्बर बन्दी रहेकोले संक्रमण फैलिन सक्ने भएको छ । ५९ जना कैदीबन्दी मध्ये ८ जना बनदीलाई कोरोना संक्रमण पुष्टि भइसकेको छ । यस्तो अवस्थामा समेत धेरै बन्दीहरुले संयुक्त एउटै कोठा र खटियामा सुत्नु परेको छ ।

उनीहरुले खान, बस्न लगायत सेवा सुविधकाे उचित व्यवस्थापन गर्नु पर्ने माग राखेका छन् । यस्तै कारागार जीर्ण अवस्थामा रहेकोले थप कैदीबन्दी समस्या परेका छन् ।

२५ जना क्षमता भएको कारागारमा ५९ जना बन्दी राखेर न्युनतम सेवा सुविधा समेत नदिई अहिलेसम्म आफूहरुको कुनै वास्ता नभएपछि आज आन्दोलनमा उत्रिएको बन्दीले बताएका छन् ।



शुक्रबार २४, बैशाख २०७८ १२:५६ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.