घट्टे खोलामा आएको बाढीले साँफे–मार्तडी सडक अवरुद्ध, २५ रोपनी जमिन बगरमा परिणत

पाक्नै लागेकाे गहु बाली नष्ट, कृषक चिन्तित

नजिक न्युज संवाददाता    

घट्टे खोलामा आएको बाढीले साँफे–मार्तडी सडक अवरुद्ध, २५ रोपनी जमिन बगरमा परिणत

बाजुरा : साँफे–मार्तडी सडक खण्ड अवरुद्ध भएको छ । जिल्लाको बुढीगंगा नगरपालिका-२ स्थित ताप्रीसेरा घट्टे खोलामा आएको बाढीले साँफे–मार्तडी सडक खण्ड अवरुद्ध भएको हो । निरन्तरको वर्षातले बाजुराका विभिन्न स्थानमा ठुलो मात्रमा क्षति पुर्याएको छ । आज घट्टे खोलामा आएको बाढीले सडक भत्काएपछि साँफे–मार्तडी सडक खण्ड पूर्ण रुपमा अवरुद्ध बनेको छ ।

उक्त बाढीले स्थानीयको २५ रोपनी जग्गा समेतलाई बगरमा परिणत गरिदिएको छ । २५ रोपनी जमिनमा गहु बाली थियो । गहुबालीसहित जमिन नै बगरमा परिणत गरपछि स्थानीय चिन्तित बनेका छन् । 

एकातिर कोरोना भाइरसले गर्दा संकट उत्पन्न भएको छ भने त्यसैमा पनि बाढीले पाक्नै लागेको गहुसहित जमिन बगरमा परिणत गरपछि उक्त स्थानका स्थानीयहरुलाई भोकमरीको चिन्ताले पीरलो पारेको छ ।

यस्तो विषम परिस्थितिमा वर्षाले जिल्लाको विभिन्न ठाउँका सडकमा पहिरो खस्न थालेपछि सडकहरु अवरुद्ध बन्दै गएका छन् । जसले गर्दा जिल्लामा खाद्यान्न संकट हुने संकेत देखिन्छ ।              

वर्षाले जिल्लाका विभिन्न स्थानहरुमा हिउँदे बाली नष्ट पारिदिएको छ । कतै असिनाले नष्ट पार्यो त कतै बाढीले । यसले गर्दा जनतालाई भोकमरीको चिन्ता बढ्न थालेको छ । गहु बाली भित्र्याउने समयमा बाढी र असिना पानीले नष्ट गरेपछि वर्षभरी के खाने र यस्तो संकटमा कसरी बाच्ने भन्ने चिन्तामा स्थानीय छन् ।

यस्तै बाढीले साँफे–मार्तडी सडक अवरुद्ध बनेपछि खाद्यान्न तथा अत्यावश्यक सवारी साधन दुबैतर्फी ठप्प भएका छन् । बाढीले सडक भत्काएपछि दुबैतर्फीका सवारी साधन आवत जावत बन्द भएको बताईएको छ ।

विभिन्न स्थानका सडक अवरुद्ध बनेपछि विरामीलाई थप समस्या भएको स्थानीयले बताएका छन् । बुधबार मात्र वर्षाले मार्तडी–गौमुल सडक अवरुद्ध भएको छ । विश्वम परिस्थिसतमा बाजुरामा एक संकट कोरोनाको छ भने अर्को संकट फेरी उत्पन्न हुन थालेको छ ।

May be an image of outdoorsMay be an image of tree and outdoorsMay be an image of tree, nature and mountainMay be an image of outdoors 



बिहिबार २३, बैशाख २०७८ ०६:२० मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.