डडेल्धुरा: डडेल्धुराको सदरमुकाम रहेको अमरगढी नगरपालिका कोरोना संक्रमणको दोस्रो लहर तिब्र रूपमा फैलिदै गएसँगै कोरोनाको ‘हटस्पट’ बन्दै गएको छ। जहाँ ८५ नमूना परीक्षण गर्दा एकैदिन ४३ जनामा कोरोना पुस्टि भएको छ।
बिहीबार पुस्टि भएका ४१ जनामध्ये ३१ जना पुरुष रहेका छन् भने १२ जना माहिला रहेका छन्। अमरगढी नगरपालीकाको ११ वडा मध्ये सबैभन्दा बढी वडा नम्बर ५ का २४ जनामा कोरोना पुस्टि भएको स्वास्थ्य शाखाले जनाएको छ।
यस्तै दोस्रोमा वडा नम्बर ६ मा ६ जनामा कोरोना पुस्टि भएको छ। दुवै वडा बजार क्षेत्रमा छन्। जहाँ मानिसहरुको बढी भिडभाड हुने गरेको छ।
भारतबाट आएका नागरिकलाई चेकजाँच नगरी सिधैं घर पठाउँदा सक्रमण तिब्र फैलिएको विज्ञहरू बताउँछन्। अमरगढी नगरपालिकामा हालसम्म १ सय ८४ जना सक्रिय संक्रमित रहेका छन्।
प्रतिकृया दिनुहोस