बाजुरामा एकैदिन ३० जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ९७ पुग्यो

नजिक न्युज संवाददाता    

बाजुरामा एकैदिन ३० जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ९७ पुग्यो

बाजुरा : बाजुरामा पछिल्लो २४ घण्टामा ३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज एन्टिजेनमा गरिएको परीक्षणमा ३० जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।

बडीमालिका नगरपालिका १५ जना, बुढिनन्दा नगरपालिका ५ जना, त्रिवेणी नगरपालिका २ जना, गौमुल गाउँपालिका २ जना, हिमाली गाउँपालिका ६ जना गरि ३० जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बाजुरा निमित्त कार्यालय प्रमुख महेश चन्दले बताएका छन् ।         

योसंगै बाजुरामा कोरोना संक्रमितको संख्या ९७ पुगेको छ । जस मध्ये ७४ जना संक्रमित होम आइसोलेसनमा र २३ जना आइसोलेसन कक्षमा राखिएका छन् । 



मङ्गलबार २१, बैशाख २०७८ ०५:०५ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.