केपी बा स्पोटर्स क्लब र युवा संघ बाजुराद्धारा कैदी बन्दीलाई सुरक्षा सामाग्री सहयोग

नजिक न्युज संवाददाता    

केपी बा स्पोटर्स क्लब र युवा संघ बाजुराद्धारा कैदी बन्दीलाई सुरक्षा सामाग्री सहयोग

बाजुरा : केपी बा स्पोर्टस क्लब र युवा संघ बाजुराले कैदी बन्दीलाई सरसफाइ सुरक्षा सामाग्री सहयोग गरेको छ । कोभिड १९ को महामारी रोकथाममा सहयोग पुर्याउन जिल्ला कारागार बाजुरामा रहेका कैदी बन्दीलाई सुरक्षा सामाग्री सहयोग गरिएको हो ।

हाल कारागार भित्र ५९ जना कैदी बन्दी रहेका छन् । ती मध्ये ३ जनामा कोरोना संक्रमण देखिएको छ । प्रयाप्त सुरक्षा सामाग्रीको अभाव, स्वास्थ्य चेकजाँचमा समस्या जस्ता गुनासा आएपनि स्वास्थ्य सुरक्षा सामाग्री सहयोग गरिएको युवा संघ बाजुराका सहसंयोजक गणेश बोहराले बताएका छन् । 

स्वास्थ्य सुरक्षा मापदण्ड अनुसार मास्क लगाउनु अनिवार्य भनिएको छ । क्षमता भन्दा बढी कैदी बन्दी एकसाथ रहेपनि कारागार भित्र सुरक्षा चुनौति थपिएको छ । केही दिनलाई भएपनि राहत स्वरुप सहयोग गरिएको केपी बा स्पोर्ट क्लबका अध्यक्ष लक्ष्मण रोकायाले बताएका छन् ।

कैदी बन्दीलाई साबुन, मास्क, सेनीटाइजर हस्तान्त्रण गरिएको हो । सहयोग सुरक्षा सामाग्री हस्तान्त्रण गर्न नेकपा एमाले सचिवालय सदस्य जनक कुमार बोहरा, प्रेस चौतारीका सुदूरपश्चिम संयोजक कृष्ण ओली, खेलकुद महासंघका केन्द्रीय सदस्य करन भण्डारी, युवा संघका जिल्ला सहसंयोजक गणेश बोहरा, युवा संघका नेता अमृत जोशी, केपी बा स्पोर्टस क्लबका अध्यक्ष लक्ष्मण रोकाया लगायत सहभागि थिए ।

संकटको बेला सहयोगका लागि तयार हुनु नै युवा शक्तिको बिशेषता देखाएको प्रति युवा संघ र केपी बा स्पोर्टस क्लब प्रति एमाले नेता जनक कुमार बोहराले खुसी व्यक्त गरेका छन् । 

कैदी बन्दीका तर्फबाट कारागार नाइके गोरखराज गिरीले महासंकटमा सहयोग गरिएको प्रति धन्यवाद दिएका छन् । क्लबले एकसाता अघि मात्र जिल्ला सदरमुकाम सहीतका बजार गाउँ क्षेत्रमा पुगेर मास्क वितरण तथा कोरोना सचेतना अभियान सञ्चालन गरेको थियो । 



मङ्गलबार २१, बैशाख २०७८ ०४:५१ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.