बाजुराको त्रिवेणीमा १४ वर्षीया बालिकामाथि पेट्रोल छर्केर आगो लगाइयो

नजिक न्युज संवाददाता    

बाजुराको त्रिवेणीमा १४ वर्षीया बालिकामाथि पेट्रोल छर्केर आगो लगाइयो

बाजुरा : बाजुरामा १४ वर्षीया बालिकालाई पेट्रोल छर्केर आगो लगाईएको छ । जिल्लाको त्रिवेणी नगरपालिका–९ मलाल गाउँमा विवाह हेर्न गएकी सोही नगरपालिका–८ पन्तालीकी १४ वर्षीया सभ्यता बुढाको शरिरमा सोमबार राती पेट्रोल छर्केर आगो लगाएको स्थानिय संजय बुढाले बताएका छन् ।   

आगो लागेको केहि समयपछि स्थानियद्धारा नियन्त्रणमा लिईएको जनाएको छ । आगोले शरिरमा रहेका सम्पूर्ण कपडा जलेको र उनको अवस्था सामान्य रहेको बुढाले बताए । 

आगो लगाउनेमा त्रिवेणी नगरपालिका– ८ कै सुमन गिरी लगायत चार जनाको समूह रहेको स्थानियले बताएका छन । सो समूह फरार रहेको बताएको छ । फरार रहेका व्यक्तिहरुको खोजीकार्य भईरहेको बडीमालिका प्रहरी चौकी पैमाले जनाएको छ ।

घाइते बालिकालाइ सदरमुकाम मार्तडी ल्याइएको र बालिकाको अबस्था सामान्य रहको जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी नायव उपरिक्षक मदनजीत महराले बताएका छन ।  



सोमबार २०, बैशाख २०७८ ०६:५८ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.