बाजुरामा थप १४ जनामा कोरोना संक्रमण, सक्रमितको संख्या ६७ पुग्यो

नजिक न्युज संवाददाता    

बाजुरामा थप १४ जनामा कोरोना संक्रमण, सक्रमितको संख्या ६७ पुग्यो

बाजुरा : बाजुरामा पछिल्लो २४ घण्टामा थप १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

बडीमालिका नगरपालिकामा १० जना, बुढिनन्दा नगरपालिका, बढीगंगा नगरपालिका, हिमली गाउँपालिका, स्वामीकार्तिक खापर गाउँपालिकाका १÷१ जना गरी १४ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका निमित्त कार्यालय प्रमुख महेश चन्दले बताएका छन् । योसंगै बाजुरामा कोरोना संक्रमितको संख्या ६७ पुगेको छ ।                      
 



सोमबार २०, बैशाख २०७८ ०६:३८ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.