गौमुलमा भोलीबाट अत्यावश्यक सेवा बाहेक सबै बन्द

रमित विक    

गौमुलमा भोलीबाट अत्यावश्यक सेवा बाहेक सबै बन्द

बाजुरा : जिल्लाको गौमुल गाउँपालिकाले कोभिड–१९ को संक्रमण समुदायमा फैलिन सक्ने सम्भावनालाई मध्येनजर गर्दै न्यूनीकरण गर्न अत्यावश्यक सेवा बाहेक अन्य कार्य भोलीदेखि स्थगित गरिने जनाएको छ । 

आज गाउँपालिकाको केन्द्र घट्मुनामा बसेको गाउँ कार्यपालिकाको बैंठकले गाउँपालिकाबाट प्रवाह गरिने अत्यावश्यक सेवा बाहेक अन्य सबै सेवाहरु पूर्ण रुपमा बन्द गर्ने निर्णय गरिएको हो । 

कोरोना भाइरस (कोभिड १९) को दोस्रो लहरले विकराल रुप लिएसंगै गाउँपालिकाले सबै सेवाहरु बन्द गर्ने निर्णय गरेको गाउँपालिकाले जनाएको छ । भोली मंगलवारबाट गाउँपालिको अत्यावश्यक बाहेकका सार्वजनिक सेवा बन्द गरिने छन् ।

आज गाउँपालिका स्तरीय कोभिड १९ संकट व्यवस्थापन समितिले सरोकारवाला निकाय तथा स्वास्थ्य विज्ञसँगको छलफलमा उतm निर्णय भएको जनाएको छ । सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालयहरुमा सेवाग्राहीको भीड अत्याधिक भई संक्रमण फैलिने जोखिम रहेका कारण सो निर्णय गरिएको उपाध्यक्ष सीता थापाले बताएकी छन् । 

आजको बैंठकले एक वडाबाट अर्को वडामा जान पूर्ण रुपमा बन्द र गाउँपालिकाको केन्द्र घट्मुनामा हेल्थ डेस्क स्थापना गरी जिल्ला बाहिरबाट आउने र जाने व्यतिmहरुको विवरण अभिलेख राख्ने निर्णय बैंठकले गरेको छ ।

त्यस्तै गाउँपालिकासंग सिमाना जोडिएका स्थानीय तहसंग समन्वय गरी एक स्थानीय तहबाट अर्को स्थानीय तहसम्म आवत जावत पूर्ण रुपमा बन्द गर्ने, कोभिड १९ रोकथामका लागि गाउँपालिकामा रहेका सम्पूर्ण स्वास्थ्यकर्मी, सुरक्षाकर्मी अन्यकर्मचारी जनप्रतिनिधिहरुलाई परिचालन गर्ने निर्णय गरिएको छ ।

जिल्लामा दिनप्रतिदिन संक्रमितको संख्या तीव्र रुपमा बृद्धि भईरहेको भएपनि स्थानीयहरुले सुरक्षा सावधानी नपनाएको पाईएकाले कारबाही गरिने गाउँपालिकाले जनाएको छ । कोरोना भाइरसको औषधि घरमै सुरक्षित बस्नुको विकल्प नरहेकाले गाउँपालिकाले सबै जनताहरुले आ–आफ्नो घरमा सुरक्षित तरिकाले बस्न समेत अपिल गरेको छ ।

बिना काम गाउँ–गाउँमा गएर बरालिने जो कोहीलाई पनि प्रहरी परिचालन गरी कारबाही गरिने भएको छ । गाउँपालिकाका एक जना व्यापारी जिल्ला सदरमुकाम मार्तडीमा कोरोना संक्रमित भएको छन् । जिल्ला जनस्वास्थ्य कार्यालय बाजुराका अनुसार जिल्लामा हालसम्म कोरोना  संक्रमितको संख्या ६७ पुगेको छ ।  

No description available.



सोमबार २०, बैशाख २०७८ ०६:१० मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.