दैनिक उपभोग्य बस्तु खरिदका लागि दुरी कायम

नजिक न्युज संवाददाता    

दैनिक उपभोग्य बस्तु खरिदका लागि दुरी कायम

बाजुरा : बाजुरामा दैनिक उपभोग्य बस्तु र औषधि खरिदका लागि दुरी कायम गरिएकाे छ । जिल्ला सदरमुकाम मार्तडी बजारमा खाद्यन्न पसल तथा औषधि पसलमा दुरी कायम गर्न थालिएको हाे ।

कोरोना भाईरसको संक्रमण रोकथामका लागि देशमा अहिले लकडाउन घोषणा गरिएको छ । दैकि उपभोग्य सामान र अत्यावश्यक बस्तु खरिदमा गएका सर्वसाधारणहरुका लागि पसल अगाडी दुरी कायम गरी समाग्री खरिद गर्ने व्यवस्था मिलाउन लागेको प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपानेले बताएका छन् ।  

दैनिक उपभोग्य बस्तुहरु खरिद गर्न जादाँ एक अर्काको बिचको दुरी नजिक हुदाँ संक्रमणको सम्भावना बढी हुने भएकाले उपभोक्ताहरुका लागि दुरी कामय गर्ने कार्य अगाडी बढाएको बडीमालिका नगरपालिका नगरप्रमुख पदम बडुवालले बताएका छन् । 

जिल्ला प्रशासन कार्यालयको संयोजन तथा बडीमालिका नगरपालिकाको समन्वयमा उद्योग बाणिज्य संघ, गैसस महासंघले दुरी कायम गरेको हो । त्यस्तै दुरी कायम गर्न शसस्त्र प्रहरी, सुरक्षाकर्मी, नेपाल प्रहरीको सहयोग रहेको छ । 

 अत्यावश्यक वस्तु खरिदमा गएका सर्वसाधारणका लागि पसल अगाडि वर्गाकारको घेरा बनाएर कम्तिमा एक मिटर टाढा लाइनमा लाग्ने व्यवस्था मिलाएको छ । 
  

  



शुक्रबार २८, चैत २०७६ १०:३४ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.