भारतका चर्चित पत्रकार रोहित शरदानाको मृत्यु

नजिक न्युज संवाददाता    

भारतका चर्चित पत्रकार रोहित शरदानाको मृत्यु
तस्विर–सामाजिक सञ्जाल

काठमाडौं : भारतका चर्चित टेलिभिजन समाचार वाचक रोहित शरदानाको मृत्यु भएको छ । कोभिड १९ बाट सङ्क्रमित शरदानाको घरमै आज बिहान हृदयघातले निधन भएको जनाइएको छ ।

हाल उहाँ भारतको ‘आज तक’ टेलिभिजनमा कार्यरत हुनुहुन्थ्यो । आज तक टेलिभिजनका सम्पादक राजदीप सरदेसाइले उहाँको मृत्युको पुष्टि गर्दै सामाजिक सञ्जाल ट्वीटरमा श्रद्धाञ्जली ब्यक्त गर्नुभएको छ ।

भारतीय सञ्चारमाध्यम द इकोनोमिक टाइम्स र आउटलुकले ‘मृत्यु हुनु एक साता अघि उहाँमा कोभिड १९ को सङ्क्रमणको पुष्टि भएको थियो’ उल्लेख गरेको छ । भारतीय टेलिभिजन पत्रकारिताका उहाँ एक चर्चित पत्रकार हुनुहुन्थ्यो ।

कोभिड १९ बाट सङ्क्रमित शरदाना घरमै अलग्गिएर बसिरहँदा हृदयघातपछि निधन भएको हो । उहाँ केही वर्ष अघिसम्म जी न्यूजमा कार्यरत हुनुहुन्थ्यो । आज तक टेलिभिजनमा उहाँले ‘दंगल’ कार्यक्रम चलाउनुहुन्थ्यो ।



शुक्रबार १७, बैशाख २०७८ ०७:४१ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.