हिक्मत थापा बने खेलकुद महासंघको केन्द्रीय सचिव, जिल्ला संयोजकमा अंगत रावल

नजिक न्युज संवाददाता    

हिक्मत थापा बने खेलकुद महासंघको केन्द्रीय सचिव, जिल्ला संयोजकमा अंगत रावल

बाजुरा : नेकपा एमाले भातृ संगठन नेपाल खेलकुद महासंघले केन्द्रीय सचिवमा हिक्मत थापा चयन भएका छन् । खेलकुद महासंघको केन्द्रीय कमिटीलले पूर्णता पाएसँगै केन्द्रीय कमिटीको सचिवमा थापा चयन भएका हुन् ।

जिल्ला खेलकुद विकास समिति अध्यक्ष समेत भइसकेका थापा नेकपा एमाले जिल्ला कमिटी बाजुराका सदस्य समेत हुन् । दुई दशक देखि नेकपा एमालेको राजनीतिमा सक्रिय थापालाई माधव समूह निकट भनेर चिन्ने गरिएको थियो ।  

पार्टीको आधिकारीक समूहको खेलकुद महासंघको केन्द्रीय सचिव भएसँगै थापाको लाइन पनि प्रष्ट भएको छ । थापाले राष्ट्रिय खेलकुद परिषद् राखेपको सदस्य हुने चासो राखेपनि महासंघको सचिव बनाईएको छ । 

थापासँगै बाजुराबाट कोपिला सिंह शाही, युवराज शाही र टेकेन्द्र कठायत महासंघको सचिवालय सदस्य बनेका छन् । भने ध्रुब बहादुर रोकाया, नयन बोहरा, उपेन्द्र कट्टेल, पुष्प बिष्ट, छत्रसिंह विष्ट र करण भण्डारी केन्द्रीय सदस्य बनेका छन् ।

महासंघको बैशाख ७ गते काठमाडौंमा सम्पन्न राष्ट्रिय भेलाले रमेश पौडेलको अध्यक्षतामा केन्द्रीय कमिटी चयन गरेको थियो । सोही भेलाबाटै ८ सय ४५ सदस्यीय केन्द्रीय कमिटी र जिल्ला कमिटी टुंगो लगाएको थियो ।

खेलुकद महासंघको जिल्ला संयोजकको जिम्मेवारी युवा संघका नेता पूर्व खेलाडी अंगत रावललाई दिएको छ । भने सचिवको जिम्मेवारी विद्यार्थी नेता लक्ष्मण रोकायालाई दिईएको छ । जिल्ला कमिटीको टुंगो संयोजक र सचिवले लगाउने छ । 



बिहिबार १६, बैशाख २०७८ ०६:३५ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.