जनगणना नरोकिने, सुपरिवेक्षकका लागि मार्तडीमा तालिम सञ्चालन

नजिक न्युज संवाददाता    

जनगणना नरोकिने, सुपरिवेक्षकका लागि मार्तडीमा तालिम सञ्चालन

बाजुरा : कोरोना जोखिम बढी रहेपनि राष्ट्रिय जनगणना कार्य भने नरोकिने भएको छ । १० वर्षमा गरिने राष्ट्रिय गौरवको काम भएकोले अर्को सूचना जारी नभएसम्मका लागि जनगणनाका गतिविधी नरोकिने जनगणना अधिकृत कर्णबहादुर क्षेत्रीले बताएका छन् । 

जेष्ठ २५ गतेबाट जनगणना सुरु गर्ने मिति तय गरिए अनुसार नै पूर्व तयारीका काम निरन्तर अघि बढीरहेका छन् । सुरक्षा सावधानी सहीत तालिम, गोष्ठी, अन्र्तक्रिया र छलफलका गतिविधीलाई निरन्तरता दिएको जिल्ला जनगणना कार्यालयले बताएको छ ।

२५ जना भन्दा बढी भेला हुन नदिने र अत्यावश्यक बाहेक कुनै गतिविधी सञ्चालन नगर्ने सरकारको परिपत्र भएपनि जनगणनाको हकमा लागु नहुने प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले बताएका छन् । मार्तडीमा जनगणना सुपरिवेक्षेकहरुका लागि ७ दिने तालिम सञ्चालन गरिएको छ ।

तालिमको जिल्ला समन्वय समिति प्रमुख नरेन्द्र कुमार रोकायाले गरेका हुन् । सामाजिक दुरी कायम गरी सुरक्षा सावधानी सहीत सञ्चालन गरिएका तालिममा जनगणनामा खटिने ५४ जना सुपरिवेक्षक सहभागि छन् । 

राष्ट्रिय गौरवको काम र देशको योजना निर्माणको भविष्यसँग जोडिएको विषय भएकोले अति सावधानी र सुरक्षाका साथ भएपनि समयमै गणना कार्य सक्ने सरकारी लक्ष्य रहेको प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीको भनाई रहेका छ ।

उहाँका अनुसार गणन जनगणनाका लागि गाउँ घरमा पुग्दा गणना मात्र गर्ने कार्यमा सहभागि नभइ कोरोना विरुद्धको सचेतना फैलाउने कार्यमा पनि जिम्मेवार हुनु पर्ने सुझाव दिएका छन् ।  

तालिम उद्घाटन समारोहमा जिल्ला समन्वय समिति बाजुराका प्रमुख तथा राष्ट्रिय जनगणना जिल्ला सल्लाहकार समिति संयोजक नरेन्द्र कुमार रोकायाले जनगणना गर्दा सुपरिवेक्षकले संवेदनशिल हुन आग्रह गरेका छन् । 

भौगोलिक विकटता भएकाले गणनाामा कुनै पनि लापरवाही नगर्न निर्देशन दिएका छन् । एक जिल्लाको सानो गल्तीका कारण देश र सिंगो जिल्लामा नै समस्या आउने विषयमा गणक र सुपरिवेक्षक जिम्मेवार हुनु पर्ने सुझाव रोकायाको छ ।

प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीको अध्यक्षतामा सञ्चालन भएको तालिम उद्घाटन समारोहको प्रमुख अतिथि समन्वय समिति प्रमुख नरेन्द्र कुमार रोकाया रहनु भएको थियो । 

कार्यक्रममा प्रहरी नायव उपरिक्षक मदनजीत महरा, बाजुरा क्याम्पस प्रमुख सुरेश प्रसाद पण्डित, नेपाल पत्रकार महासंघका अध्यक्ष छक्क मल्ल सहीत सहभागि थिए । तालिम बाजुरा क्याम्पसमा सञ्चालन गरिने भएको छ । 



बिहिबार १६, बैशाख २०७८ ०६:२८ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.