कञ्चनपुरमा कोरोनाबाट थप एक जनाको मृत्यु

नजिक न्युज संवाददाता    

कञ्चनपुरमा कोरोनाबाट थप एक जनाको मृत्यु

धनगढीः कञ्चनपुरमा कोरोना भाइरस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। जिल्लाको भिमदत्त नगरपालिका–१५ का ७० वर्षीय पुरूषको आइतबार राति महाकाली अस्पतालमा मृत्यु भएको अस्पताल व्यवस्थापक दिपेन्द्र  सिंह रावलले बताए। 

बैशाख १० गते अस्पताल भर्ना भएका उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेकोमा आइतबार राति १ बजेको समयमा मृत्यु भएको रावलले बताए। अहिले माहाकाली अस्पतालमा ४८ जना कोरोना संक्रमित उपचाररत छन्।  



सोमबार १३, बैशाख २०७८ ०९:४२ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.