नेपाल पत्रकार महासंघ डडेल्धुराको अध्यक्षमा हिक्मत सिंह विजयी भएका छन्। प्रेस युनियन, प्रेस सेन्टर नेपाल, प्रेस चौतारी ९माधव नेपाल समूह० लगायतका १२ वटा संगठनको संयुक्त प्यानललाई पराजीत गर्दै प्रेस चौतारीका सिंह अध्यक्षमा विजयी भएका हुन्।
सिंह ५६ मत पाएर विजयी हुँदा उनका प्रतिद्धन्द्धी संयुक्त प्यानलका बरुण पनेरुले ३६ मत मात्रै प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ। अध्यक्षमा सिंह विजयी भएपनि अन्य सबै पदमा संयुक्त प्यानलका उम्मेदवारले जितेका छन्।
उपाध्यक्षमा संयुक्त प्यानलका गणेश रोका, महिला उपाध्यक्षमा निर्मला भट्ट, सचिवमा पुष्कर भण्डारी, कोषाध्यक्षमा ललित बोहरा, सह सचिवमा भुपेन्द्र बिष्ट, सह सचिव समावेशीमा प्रकाश पार्की विजयी भएका छन्।
यस्तै सदस्यहरुमा टिकाराम साउद, हर्क चन्द, आशिष मल्ल, भिम खत्री, दिपक राज भट्ट,ममता भट्ट, भावना पौडेल, दलित सदस्यमा भक्त गाहामगर र आदिवासी जनजाती सदस्य विमल जैरु निर्वाचित भएका छन्।
प्रतिकृया दिनुहोस