डडेल्धुरामा माटोको ढिस्कोले पुरिएर १ जनाको मृत्यु, २ जना घाइते

नजिक न्युज संवाददाता    

डडेल्धुरामा माटोको ढिस्कोले पुरिएर १ जनाको मृत्यु, २ जना घाइते

धनगढी: डडेल्धुरामा माटोको ढिस्कोले पुरिएर १ जनाको मृत्यु भएको छ। जिल्लाको अमरगढी नगरपालिका–७ स्थित उग्रतारा जंगल नजिकै माटो निकाल्ने क्रममा ढिस्कोले पुरिएर सोही वडाको ऐरी गाउँकी ४० वर्षीया नारुदेवी ऐरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

बुधबार दिउँसो भएको घटनामा अन्य दुई जना घाइते भएको डडेल्धुरा प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्रबहादुर चन्दले बताए। उनका अनुसार घाइते हुनेमा ऐरी गाउँकै ३० वर्षीया सारदा ऐरी र २० वर्षीया कमला विक रहेका छन्। 

घाइते दुवै जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको र उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। 



बुधबार १८, चैत २०७७ ०६:४२ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.