धनगढी: छिमेकी मुलुक भारतका विभिन्न राज्यमा कोरोना संक्रमण तिव्र रूपमा फैलिन थालेपछि डडेल्धुरा र बैतडीमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
दुवै जिल्लाका प्रशासनले सूचना जारी गर्दै फागु पूर्णिमा (होली)मा भीडभाड नगर्न र कोभिड–१९को संक्रमण बढ्न नदिन सेनिटाइजर, मास्क र सामाजिक दुरी कायम गरी स्वास्थ्य मापदण्ड कडाईका साथ पालना गर्न आग्रह गरेका छन्। डडेल्धुरामा मास्क नलगाउनेहरूलाई संक्रमण रोग ऐन बमोजिम कारवाही गरिने समेत सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले बताए।
प्रतिकृया दिनुहोस