फुगि खड्काको १३ औँ दिनको पूर्णेतिथिको अवसरमा राहत सहयोग

नजिक न्युज संवाददाता    

फुगि खड्काको १३ औँ दिनको पूर्णेतिथिको अवसरमा राहत सहयोग

बाजुरा : उपचारको क्रममा मृत्यु भएकी फुगि खड्काको १३ औँ दिनको पूर्णेतिथिको अवसरमा राहत सहयोग गरेको छ । नेपाल कम्युष्टि पार्टी बडीमालिका नगर संगठन कमिटीका अध्यक्षलगायतको पहलमा राहत सहयोग गरेको हो । 

बडीमालिका नगरपालिका–३ पिप्से गाउँका रामबहादुर खड्काकी पत्नी फुगी खड्का फाल्गुन ११ गते सामुदायिक वनमा लागेका आगो नियन्त्रण गर्ने क्रममा घाइते हुनु भएको थियो । घाइते खड्कालाई थप उपचारको लागि काठमाण्डौ शिक्षण अस्पताल लिएकी थिइन् । सोही अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको थियो । 

खड्काको १३ औँ दिनको पूर्णेतिथिको अवसरमा नेपाल कम्युष्टि पार्टी बडीमालिका नगर संगठन कमिटीका अध्यक्ष वीरबहादुर रावल, ३ नम्बर वडा कमिटी अध्यक्ष रामबहादुर खड्कालगायत नगर कमिटी सदस्य र वडा कमिटी सदस्यहरुको घरमै पुगेर राहत स्वरुप ४ हजार रुपैयाँ सहयोग गरेको नगर संगठन कमिटीले जनाएको छ । 



सोमबार २४, फागुन २०७७ ०८:२५ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.