भागरथीको सफल अनुसन्धानपछि निर्मला पन्तको बारेमा पनि सुचान आउन थालेका छन्,अब चाडै अनुसन्धान हुन्छ : डीआईजी सुवेदी

नजिक न्युज संवाददाता    

भागरथीको सफल अनुसन्धानपछि निर्मला पन्तको बारेमा पनि सुचान आउन थालेका छन्,अब चाडै  अनुसन्धान हुन्छ : डीआईजी सुवेदी

बाजुरा : बैतडीकी १७ वर्षीया भागरथी भट्ट बलात्कारपछि हत्या गरिएको छोटो समयको सफल अनुसन्धानपछि निर्मला पन्तले पनि छिट्टै न्याय पाउने भएकी छन् ।

जिल्ला प्रशासन कार्यालय बाजुरा र जिल्ला प्रहरी कार्यालय बाजुराको संयुक्त आयोजनामा गरिएको सामुदायिक प्रहरी साझेदारी शान्तिपूर्ण एवं सुरक्षित समाजका लागि सरोकारवाल निकायसंग अन्तरक्रिया कार्यक्रमाम आफ्नो भनाई राख्दै सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक डीआईजी उत्तमकुमार सुवेदीले भागरथीको सफल अनुसन्धानपछि निर्मला पन्तको पनि छिटै अनुसन्धान हुने बताएका छन् ।

डीआईजी सुवेदीले भने भागरथीको सफल अनुसन्धानपछि निर्मलाको बारेका सुचना आउन थालेका छन् हामी विश्वस्त छौ अब चाडै नै पन्तको अनुसन्धान हुने बताए । अन्तरक्रिया कार्यक्रममा सरोकारवाल निकायका व्यक्ति र पत्रकारहरुले प्रश्न यस्तो गरेका थिए भागरथीको बलात्कारपछि हत्या भएको छोटो समयमै अनुसन्धान भयो र न्याय पाइन् तर निर्मला पन्तको अनुसन्धान यत्रो समयमा किन हुनसकेन ? यसको जबाफ सुवेदीको यस्तो छ । प्रहरीको भुमिका ठिक भएन् भनेर नाराबाजी र सोशल मिडियामा हाईलाइट भयो, सुचना दिन लाग्नु भएन् सबै जना नाराजुलुसमा लाग्नुभयो  । हुदाँहुदै स्थिति यस्तो आयो गोली प्रहारसम्म भयो । मान्छे मर्नेसम्मको अवस्था आयो । समाज र प्रहरीको दुरी झन बढ्यो । त्यहाँ भएका प्रहरी तत्कालिन कारवाहीमा परे पुरान प्रहरी गए, नयाँ प्रहरी आए । ठाउँ नचिन्ने समाजका मानिसहरु नै नचिन्ने प्रहरी आए, त्यसैले कहाँबाट सुचान पब्लिकलाई दिने र कहाँबाट सुचना लिन सकिने । सुचना आदान–प्रदान भएन् जसको फलस्वरुप आजसम्म पनि निर्मला पन्तको अनुसन्धान हुन सकेको छैन् । 

उनले भने खुसीको कुरो भागरथीको सफल अनुसन्धापछि आजभोली सुचना आउन थालेका छन् । अब चाडै नै अनुसन्धान हुने बताए । पुराना सुचनाहरु पनि आउन थालेका छन् हामी आशाबादी छौ चाडै नै अनुसन्धान हुने विश्वस्त भएको सुवेदीले बताए ।

भागरथी भट्टको अनुसन्धान गर्ने बेलापनि नारबाजी नै गरेको थियो । तर हामीले रोक्यौँ जनप्रतिनिधिसंग निवेदन गर्यो नाराबाजी रोकौ सबै सुचाना दिने पर्यासमा लागौ भनेर आग्रह गर्यौ । तपाईको साथ विना हामी पनि सक्दैनौँ भनेर निवेदन गर्योैँ । उनीहरुले मान्नु भयो सबैले सुचना आदान–प्रदान गर्न थाल्यौ आफुहरु पनि ओहरात खटियौँ छोटो समयमै अनुसन्धान गर्न सफल भयौँ । त्यसैले घटना पनि समाजमै हुन्छन्, अपराधी पनि समाजमै हुन्छन् र सुचना पनि समाजमै हुने भएकाले अपराधीलाई कानूनको दायरामा ल्याउन सबैको उतिकै भुमिका रहेको बताए ।

प्रहरीको दायित्व मात्र नभएर समाजको पनि उतिकै दायित्व रहेकोले सबैले हातेमालो गरेर अगाडी बढ्ने हो भने अपराधीलाई कानूनको दायरामा ल्याउन कुनै कठिन नहुने प्रहरी नायब महानिरीक्षक डीआईजी उत्तमकुमार सुवेदीले बताएका छन् ।  



आइतबार २३, फागुन २०७७ ०७:२९ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.