ओलीको सम्मानमा बाजुरामा ‘केपी बा’ स्पोटर्स क्लब गठन

नजिक न्युज संवाददाता    

ओलीको सम्मानमा बाजुरामा ‘केपी बा’ स्पोटर्स क्लब गठन

बाजुरा : खेल क्षेत्रमा युवा आकर्षण बढाउन बाजुरामा ‘केपी बा’ स्पोटर्स क्लब गठन गरिएको छ । खेल क्षेत्रको विकास, संरक्षण र युवा आकर्षण बढाउन राष्ट्र नायक केपी ओलीको सम्मानका लागि ‘केपी बा’ स्पोटर्स क्लब गठन गरिएको हो ।

राष्ट्र नायक, देशभक्त प्रधानमन्त्रीको सम्मान र खेल क्षेत्रमा युवा आकर्षणका लागि केपी ओलीकै नाममा क्लक गठन गरिएको अध्यक्ष लक्ष्मण रोकायाले बताएका छन् । मार्तडी स्थित होटल डि एण्ड डी मा बसेको खेलप्रेमी युवाहरुको भेलाबाट १३ सदस्यीय तदर्थ समिति गठन गरिएको हो ।

जिल्ला प्रशासनमा दर्ता गर्ने र औपचारिक खेलकुदका गतिधिवी अघि बढाउन ‘केपी बा’ स्पोटर्स क्लब गठन गरिएको अध्यक्ष रोकायाको भनाई छ । धेरैले ‘केपी बा’ भन्ने वित्तिकै राजनीति आस्था र विचारले हेर्न सक्छन्, तर यो विशुद्ध खेल क्षेत्रको विकासमा लाग्ने सामाजिक संस्था हो, अध्यक्ष रोकायाले भन्नु भयो ।

ओली निकट भनेर आरोप लाग्न सक्छ, साँचो कुरा ओलीकै सम्मानका लागि नाम राखिएको हो, तर यसको माध्यमबाट ओलीको विचार अभिव्यक्त गर्न नभई ओलीको सम्मान र खेल क्षेत्रको संरक्षण सम्र्वद्धनका लागि क्लब गठन गरिएको सचिव सुभराज खड्काले बताएका छन् ।

समितिमा अध्यक्ष लक्ष्मण रोकाया, उपाध्यक्ष देवी बोगटी, सचिव सुभराज खड्का, सहसचिव किसन खत्री, कोषाध्यक्ष देवराज जोशी, सदस्यमा मनोज बोहरा, नरेन्द्र विक, कल्पना विक, सञ्जु विक, लक्ष्मी महत, युवराज बुढा, शेरबहादुर विक र सीता रोकाया रहेका छन् ।

समितिमा आवद्ध सबै युवा खेलाडी हुन् । जिल्लाभरी कार्य क्षेत्र रहने र बडिमालिका नगरपालिका मार्तडीमा केन्द्रीय कार्यालय रहने गरी दर्ता गरिने क्लबले बताएको छ । त्यसमा लागि अध्यक्ष संयोजक रहेको विधान मस्यौदा तयारी समिति बनाएको छ । 

जिल्ला भित्र र बाहिर हुने सबै खेलमा सहभागि हुनेका साथै आफै खेलकुदका गतिधिवी सञ्चालन गर्ने उदेश्य क्लबले राखेको छ । खेलकुद ऐकेडेमीकै रुपमा विकास गरेर लिने गरि संस्था दर्तागर्ने लक्ष्य क्लबले राखेको छ । प्रधानमन्त्री ओलीको जन्मदिनको दिन नै क्लब दर्ता गर्ने घोषणा गरिएको थियो । 



शुक्रबार २१, फागुन २०७७ ०७:५० मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.