गाैमुल : अखिल नेपाल महिला संघ (अनेमसंघ) नेपाल कम्युनिष्ट पार्टी नेकपा ओली समूहको गौमुल गाउँपालिकामा भेला एवंम् संगठन विस्तार कार्यक्रम आज सम्पन्न भएको छ । आज एक औपचारिक कार्यक्रमका बीच संगठन विस्तार गरिएको हो । महिलाहरुका विभिन्न अधिकार बिषयमा भव्य छलफल सहित भेलाको आयोजना गरिएको अनेम संघ जिल्ला अध्यक्ष मनदेवी ओलीले बताउनुभएको छ ।
भेलाबाट अखिल नेपाल महिला संघ (अनेमसंघ) को गौमुल गाउँपालिकाको संयोजकमा गीता रोकाया, सहसंयोजक, धनसरा रोकाया र सचिवमा पद्मा रोकाया (बोहरा) रहने गरी गाउँ कमिटी अनेमसंघ गठन गरेको अनेम संघ जिल्ला सचिव सीता थापाले जानकारी दिनुभएको छ ।
कार्यक्रमको संबोधन गदैं अखिल नेपाल महिला संघ (अनेमसंघ) केन्द्रीय सदस्य बसुन्धरा रोकायाले राष्ट्रपति र सभामुख बनाउने नेकपा एउटा मात्रै पार्टी भएको भन्दै महिलाको समतामूलक प्रतिनिधित्व पार्टीले गराइरहेको बताएकी छन् ।
रोकायाले महिलाहरुलाई समावेशीता होइन समानताको मुद्दा उठाउन आग्रह गर्नुभएको छ । पार्टीको भगिनी संगठन अखिल नेपाल महिला संघ भएकाले ईमान्दार ढङ्गबाट हरेक ठाउँमा प्रस्तुत हुन् आग्रह गरेकी छन् । पार्टीले ३३ प्रतिशत समावेशी प्रतिधित्वको कुरा होइन समानताको कुरा गरिरहेको बताउनुभएको छ । समावेशी होइन समानताको मुद्दा उठाउन आफुहरु लाग्नेमा जोड दिनुभएको हो ।
कार्यक्रममा अखिल नेपाल महिला संघ (अनेमसंघ) केन्द्रीय सदस्य बसुन्धरा रोकाया, अखिल नेपाल महिला संघ (अनेमसंघ) जिल्ला अध्यक्ष मनदेवी ओली, सचिव सीता थापा, सहसचिव माया कुवँर, सदस्यहरु देबु खाती, सुशीला थापा, निर्मला बोहरा, पारु विक र मंसिरा रोकाया लगायत (अनेमसंघ) का महिला नेतृहरुको उपस्थिति रहेको थियो । गौमुल गाउँपालिकाको केन्द्र घट्मुनामा आयोजना गरिएको कार्यक्रममा करिव १ सय बढी महिलाहरुको बाक्लो उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस