विप्लव नेतृत्वको समूहसँग छिट्टै वार्ता हुन्छ – प्रधानमन्त्री ओली

नजिक न्युज संवाददाता    

विप्लव नेतृत्वको समूहसँग छिट्टै वार्ता हुन्छ – प्रधानमन्त्री ओली

दमक : प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपासँग छिट्टै वार्ता हुने र त्यो वार्ता सफल हुने बताउनुभएको छ ।
‘तपाईंहरुले केही दिनमा नै टेलिभिजनको पर्दाबाट समस्या समाधान भएर खुशी साटासाट गरेको देख्न सक्नुहुनेछ’, ओलीले भन्नुभयो ।

आइतबार झापाको कमल गाउँपालिका ६ झर्कामा नेपाल–चीन मैत्री औद्योगिक पार्क शिलान्यास समारोहलाई सम्बोधन गर्दै ओलीले विप्लवसँग वार्ता हुने र त्यो वार्ता सकारात्मक हुने बताउनुभएको हो । 

दीगो शान्ति स्थापनाका लागि सरकार दृढ रहेको जनाउँदै केही समस्याहरु भएको भए त्यो पनि समाधान हुने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले जानकारी दिनुभयो ।



आइतबार १६, फागुन २०७७ ०६:२९ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.