परिवार नियोजन बन्ध्याकरण शिविरः तीन दिनमा ९७ जनाले लिए सेवा

नजिक न्युज संवाददाता    

परिवार नियोजन बन्ध्याकरण शिविरः तीन दिनमा ९७ जनाले लिए सेवा

काेल्टी : बाजुराको पुर्वी उत्तरी क्षेत्र कोल्टीमा ३ दिने परिवार नियोजन बन्ध्याकरण शिविर सकिएको छ । दुर्गम क्षेत्र कोल्टीलाई लक्षित गरी सञ्चालन गरिएको परिवार नियोजन बन्ध्याकरण शिविर आइतबार सम्पन्न भएको हो ।

चार पालिका र एक बाजुराको छिमेकी जिल्ला मुगूका जनताले सेवा लिएका छन् । दर्गम क्षेत्रमा रहेका हिमाली गाउापालिका जगन्नाथ गाउँपालिका, स्वामीकार्तिक खापर गाउँपालिका र बुढीनन्दा नगरपालिका र छिमेकी जिल्ला मुगूका जनताले सेवा लिएको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रले जनाएको छ ।

दुर्गम क्षेत्रका जनतालाई सेवा लिन सहज गर्ने उद्देश्यका साथ कोल्टीमा शिविर सञ्चालन गरिएको हो । जिल्ला स्वास्थ्य कार्यालय बाजुराको आयोजना र बुढीनन्दा नगरपालिको समन्वयमा ३ दिन परिवार नियोजन बन्ध्याकरण शिविर सञ्चालन गरिएको स्वास्थ्य कार्यालय बाजुराका बरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले बताएका छन् ।

शिविरबाट ९७ जनाले सेवा लिएका छन् । १२ गतेदेखि सञ्चालन भएको शिविरमा ४३ जनाले मिनल्याप र ५३ जनाले भ्यासोक्टमी गराएको बुढीनन्दा नगरपालिका स्वास्थ्य उपसंयोजक ओमजंग शाहीले बताएका छन् । सुनौलो परिवार नेपालको आर्थिक सहयोगमा सञ्चालित उक्त शिविरमा दुर्गम क्षेत्रका जनतालाई सेवा दिन प्रत्यन्न रहने स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । 



आइतबार १६, फागुन २०७७ ०५:१७ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.