नेपाललाई फूटबल मैदान बनाइयो : काँग्रेस नेतृ संग्रौला

नजिक न्युज संवाददाता    

नेपाललाई फूटबल मैदान बनाइयो : काँग्रेस नेतृ संग्रौला

बाजुरा : नेपाली काँग्रेस केन्द्रीय सदस्य डाक्टर डिला संग्रौलाले नेपालमा देशी विदेशी हस्तक्षेप बढेको बताएकी छन् । राजनीतिक अस्थरताकै कारण नेपाललाई राजनीति गर्ने फुटबल मैदान बनाईएको आरोप लगाएकी हुन् ।

नेपाल प्रेस युनियन बाजुराले मार्तडीमा आयोजना गरेको पत्रकार सम्मेलनमा तथा नेपाल महिला संघका निवर्तमान अध्यक्ष संग्रौलाले अहिलेको राजनीतिक परिस्थिति पनि विदेशी इसारामै भएको तर्फ संकेत गरेकी हुन् ।

राजनीतिक स्थायीत्व नहुनुमा केपी ओली, प्रचण्ड र माधव नेपालको प्रमुख हात रहेकोले काँग्रेसले फेरि अभिभावकीय भूमिका खेल्नु पर्ने बेला आएको बताएकी छन् । संग्रौलाले राष्ट्रपतिले रवर्ड स्टाम्पको काम गरेको आरोप लगाएकी छन् ।

राष्ट्रपतिल संविधानको रक्षागर्न सक्नु भएन्, कुनै दल बिशेषको एजेण्डा बोक्नु भयो, यो नै दुर्भाग्य हो, संग्रौलाले भन्नु भयो । संसद बन्धक बनाउने ओलीको कदम संविधान विरुद्ध भएकोले आन्दोलन गर्नु परेको संग्रौलाको भनाई छ । 

महिला हिंसा र बलात्कारका घटनाहरु बढीरहेकोले यसको खबरदारीका लागि देशव्यापी जागरण अभियान लिएर आफू हिँडीरहेको र त्यसैको क्रममा बाजुरा आइपुगेको बताएकी छन् । गरिबी, अशिक्षा र विपन्नताकै कारण महिला हिंसा, बलात्कारका घटनाहरु बढीरहेको धारणा राखेकी छन् ।

कम्यूनिष्टहरुले काम गर्न सकेनन्, फेरि काँग्रेसले नेतृत्व लिनु पर्ने बेला आएको बताएकी संग्रौलाले काँग्रेसले जितेको स्थानीय तहमा राम्रो काम भएको भन्दै बचाउन गरेकी छन् । काँग्रेसमा दुईधार भएपनि संविधान विपरित संसद विघटनमा एकमत रहेको दाबी गरेकी छन् ।

प्रेस युनियनका अध्यक्ष प्रेम रौलेको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनको सञ्चालन सचिव प्रशान्तराज जोशीले गरेका छन् । बडिमालिका नगरपालिकाको सभा हलमा आयोजित पत्रकार सम्मेलनमा नेपाल महिला संघ केन्द्रीय कोषाध्यक्ष जानकी सिंह, महिला नेतृ निर्मला क्षेत्री, गिरिसा न्यौपाने, शोभा चेङजोङ पालुङगा, काँग्रेस नेता धनराज पण्डित, नगर प्रमुख पदम बडुवाल, राधिका सिंह लगायत थिए ।  

 



सोमबार १०, फागुन २०७७ ०४:०२ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.