बाउली खोला तटबन्ध निर्माण सुरु, नेकपा नेता काशी विकले गरे शिलान्यास

नजिक न्युज संवाददाता    

बाउली खोला तटबन्ध निर्माण सुरु, नेकपा नेता काशी विकले गरे शिलान्यास

बाजुरा : बडिमालिका नगरपालिका ९ का १ सय बढी परिवारको खेती योग्य जमिनको सुरक्षाका लागि बाउली खोलामा तटबन्ध निर्माण हुने भएको छ । संघिय सरकारको लगानीमा बाउली खोलाको दैयारा क्षेत्रमा तटबन्ध निर्माण हुन लागेको हो ।

तटबन्धको नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) प्रदेश कमिटी सदस्य काशी विकले शिलान्यास गर्नु भएको छ । तारजालीमा ढुंगा राखेर औपचारिक शिलान्यास गर्नु भएको वडा अध्यक्ष विनोद कुमार विकले बताएका छन् । 

५० लाखको डिपीआर निर्माण गरिएकोमा पहिलो चरणमा २० लाख रुपैया बराबरको काम हुने छ । डेढ सय मिटर लामो दुरीमा ग्यावीन सहीतको तारजाली प्रयोग गरेर तटबन्ध निर्माण गर्न लागिएको निर्माण समिति अध्यक्ष सञ्जय विकले बताएका छन् । 

No description available.शिलान्यास पछि नेकपा प्रदेश कमिटी सदस्य काशी विकले योजना लगानी खर्च गर्नका लागि नभई खेत जमिनको सुरक्षाका लागि आफ्नो भनेर निर्माण गर्न सुझाव दिएका छन् । दीगो र गुणस्तरीय काम गरेर योजना सम्पन्न गर्न पनि नेता विकले आग्रह गरेका छन् ।

शिलान्यास कार्यक्रममा वडा अध्यक्ष विनोद कुमार विक, वडा सदस्य सुना विक, नेकपा नेता सूर्यकिरण विक स्थानीय जया ल्वार सहीत समितिका पदाधिकारी सहीत सदस्य सहभागि थिए । कार्यक्रममा समितिमा अध्यक्ष सञ्जय विक, उपाध्यक्ष मनोज विक, सचिव देवीन्द्र विक, कोषाध्यक्ष किणी विक, सदस्यमा शान्ति विक, राधा उखेडा विक, श्याम उखेडा, गीता विक, धर्मा ल्वार,  प्रकाश विक र जित चदारा सहीत सहभागि थिए ।

बाउली खोलाको कटानकै कारण बर्षाैदेखि खेती योग्य जमिन नासिदैं गएकोमा तटबन्ध निर्माणपछि रोकिने स्थानीयले विश्वास लिएका छन् । १ सय बढी परिवार लाभान्वित हुने गरी निर्माण हुन लागेको हो । 



आइतबार ०९, फागुन २०७७ ०८:१० मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.