सेलिब्रिटी किम र कान्ये ७ वर्षे वैवाहिक सम्बन्ध तौड्दै

नजिक न्युज संवाददाता    

सेलिब्रिटी किम र कान्ये ७ वर्षे वैवाहिक सम्बन्ध तौड्दै

वासिङटन: रियालिटी टिभी स्टार तथा अमेरिकी सेलिब्रिटी किम कार्दसियनले र्‍यापर कान्ये वेस्टबाट ७ वर्षे वैवाहिक सम्बन्ध तोड्दै सम्बन्ध बिच्छेदको तयारी गरेकी छन् ।

सम्बन्ध विच्छेदका लागि उनले हालै आवेदन समेत दिएको कुरा अमेरिकी मिडियाले जनाएका छन् । अमेरिकी मिडियाले सेलिब्रिटी दम्पत्ती अलग बस्दैआएको गस्सीप दिन थालेपछि किमले डिभोर्स प्रक्रिया सुरु गरेकी हुन् ।

४० वर्षीया कार्दसियन र वेस्टका चार सन्तान छन् । २०१२ देखि डेटिङ जान थालेका किम र कान्येले त्यसको दुई वर्षपछि इटालीमा विवाह गरेका थिए । 

४३ वर्षीय कान्ये अमेरिकी निवर्तमान राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध पछिल्लो नोभेम्बरको निर्वाचनमा राष्ट्रपति पदमा उम्मेदवारी दिएका थिए । पेशाले उनी र्‍यापर हुन् ।



शनिबार ०८, फागुन २०७७ ०८:२४ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.