जंगलमा लागेको आगोमा परी जलेर बाजुरामा एक महिला घाईते

नजिक न्युज संवाददाता    

जंगलमा लागेको आगोमा परी जलेर बाजुरामा एक महिला घाईते

बाजुरा : बडीमालिका नगरपालिका–३ स्थित पिप्से गाउँ नजिकै पर्ने जंगलमा लागेको आगोमा परी एक जना महिला घाइते भएकी छन् ।

जंगलमा एक सातादेखि लागेको आगोमा परी सोही गाउँकी ४० वर्षीया फुँगि खड्का जलेर घाइते भएकी हुन । शुक्रबार पशुचौपयालाई घाँस काट्न गएकी खड्का आगोमा जलेर गम्भीर घाइते भएकी जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक लोकेन्द्र सिंह ठुगन्नाले बताएका छन् ।

जंगलमा लागेको आगोमा परी घाइते भएकी खड्कालाई जलेको केही समय पश्च्यात उपचारका लागि आफन्तले जिल्ला अस्पताल ल्याईएको थियो । आगोले पुरै शरीर जलेकी खड्काको अवस्था गम्भीर रहेको उनका आफन्तले जनाएका छन् ।

थप उपचारका लागि स्थानिय तहका प्रतिनिधलाई खबर गरीरहेका छौं तर फोन अहिलेसम्म लागेको छैन् उनका आफन्तले बताए । जंगलमा आगो लागेको एकसात पुगिसक्दा पनि आगो नियन्त्रणका लागि स्थानीय सरकारले कुनै किसिमको पहल गरेको छैन् ।   



शुक्रबार ०७, फागुन २०७७ ०७:२७ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.