कैलालीमा जंगलभित्र सडेको अवस्थामा महिलाको शव फेला

नजिक न्युज संवाददाता    

कैलालीमा जंगलभित्र सडेको अवस्थामा महिलाको शव फेला

कैलालीमा सामुदायिक वनभित्र सडेको अवस्थामा महिलाको शव फेला परेको छ। जिल्लाको घोडाघोडी नगरपालिका ४ रामजानकी सामुदायिक वनमा सोही ठाउँकी अन्दाजी ७२ वर्षीय परदेशिनि चौधरीको शव सडेको अवस्थामा फेला परेका प्रहरीले जनाएको छ। 

इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक सागर बोहराले चौधरीको शव भेटिएको बताउँदै घटनास्थल कार्य भइरहेको बताए।

उनकाअनुसार सडेको अवस्थामा भेटिएको शव जंगली जनवारले खाएको जस्तो समेत देखिएको छ। चौधरी गत माघ २६ गते घरबाट बेपत्ता भएको बुझिएको प्रहरीले जनाएको छ। 
 



शुक्रबार ०७, फागुन २०७७ ०२:५७ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.