प्रतिशोधमा रेनु थापा

नजिक न्युज संवाददाता    

प्रतिशोधमा रेनु थापा

काठमाडौं : डीएस डिजिटल सिनेमाको ब्यानरमा शंकर अधिकारी घायलको लेखन र निर्देशनमा बन्न लागेको फिल्म प्रतिशोधमा कोटेश्वर काठमाडौंकी रेनु थापाले नायिकामा डेब्यु गर्ने भएकी छन्।

केही म्युजिक भिडियोमा अभिनय गरेकी रेनु नेपाली रजतपटमा आफ्नो भाग्य अजमाउन आएकी हुन्। फिल्म आगामी बिहीबार शुभसाइतपछि छायांकनमा जाँदैछ। अमन देव र गौरवसागर चौलागाईंले फिल्म बनाउन लागेका हुन्। 

फिल्ममा रविनश्री, रवि खड्का, राजु पौड्याल, आरजे भिलेन, पदम सुनार, प्रीतिका शर्मालगायतका कलाकारले अभिनय गर्दै छन्। फिल्ममा सुवास गौतम तथा शंकर अधिकारी घायलद्वारा रचना गरिएका गीत रहनेछन् भने कृष्ण पाण्डेको छायांकन, देव महर्जनको द्वन्द्व, राजन महर्जनको नृत्य र मदन न्यौपानेको श्रृंगार रहनेछ।



शुक्रबार ०७, फागुन २०७७ ०९:०८ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.