बिहीबार सुदूरपश्चिममा ४६ नमूना परीक्षण, २ जनामा कोरोना पुस्टि

नजिक न्युज संवाददाता    

बिहीबार सुदूरपश्चिममा ४६ नमूना परीक्षण, २ जनामा कोरोना पुस्टि

बिहीबार सुदूरपश्चिम प्रदेशमा ४६ जनाको नमूना परीक्षण गर्दा थप २ जनामा कोरोना भाइरसको संक्रमण पुस्टि भएको छ।सेती अस्पतालको प्रयोगशालामा ३१ जनाको नमूना परीक्षण गर्दा थप २ जनामा कोरोना संक्रमण पुस्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

त्यस्तै कञ्चनपुरको महाकाली अस्पतालको प्रयोगशालामा १५ जनाको नमूना परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ। 

हालसम्म सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १४ हजार ३ सय ५६ पुगेको छ। संक्रमण पुस्टि भएकामध्ये १३ हजार ४ सय ८८ जनाले कोरोना जितेका छन् भने ७७ जनाको मृत्यु भएको छ।



बिहिबार ०६, फागुन २०७७ ०७:०० मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.