आस्थाको धरोहर नाटेश्वरीमा प्रेमभावका गजल गुञ्जिदा

नजिक न्युज संवाददाता    

आस्थाको धरोहर नाटेश्वरीमा प्रेमभावका गजल गुञ्जिदा

बाजुरा : बाजुरा जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्य मध्येको एक, नाटेश्वरी । धार्मीक आस्थाको धरोहर पनि हो । धार्मीक विश्वास र आस्थाले मात्र भरिएको छैन्, प्राकृतिक सौन्दर्यले पनि त्यत्ति नै सजिएको सुन्दर क्षेत्र हो, नाटेश्वरी । 

नाटेश्वरीमा पुजा, भक्ती भाव र बरमाग्न जाने भक्तजनहरुको नै रोजाइको थलो हो, तर यो वर्षको फागुन २ गते अर्थात प्रणय दिवसमा भने धार्मीक आस्था जोडिएकाहरु मात्र पुगेनन् । बरु साहित्य र सिर्जनासँग सम्बन्ध राख्ने व्यक्तिहरुको रोजाइ नै नाटेश्वरी बन्यो । 

No description available.कला साहित्यको विकास र आस्थाको धरोहर नाटेश्वरी मन्दिरको संरक्षणमा दबाब स्वरुप प्रणय दिवसमा गजल गुञ्ज कार्यक्रम यो वर्ष सुदूर साहित्य प्रतिष्ठाने नाटेश्वरीमै पुगेर आयोजना गर्यो ।

दुई दर्जन बढी स्रष्टाहरु सहीत स्थानीय र त्रिवेणी नगरपालिकाका नगर प्रमुख रामसिंह रावलसमेत नाटेश्वरी मन्दिरकै आँगनमा भेला भएका थिए । उदेश्य मन्दिरको प्रवद्र्धन र साहित्यको संरक्षण गर्नु नै थियो । 

प्रेम दिवसकै दिन भएकोले साहित्य विधा मध्ये प्रेमील विधा गजलसँग जोडिएका स्रष्टाहरु नै उपस्थित कार्यक्रम प्रेममय नै बनेको थियो । सुदूर साहित्य प्रतिष्ठानले प्रत्येक वर्ष प्रेम दिवस अर्थात फेब्रुअरी १४ तारिखका दिन गजल वाचन कार्यक्रम गर्ने गरेको छ ।

यस अघि पोखरे लेकको हिउँको तन्ना माथि, बार्जुकोट दरबारको परिसरमा पुगेर कार्यक्रम गरिएको थियो । यो वर्ष पनि कार्यक्रम खास र बिशेष महत्वको बनेको सुदूर साहित्य प्रतिष्ठानका अध्यक्ष हर्क खडायतको भनाई छ ।

सुरुमा गजलकार पारस बोगटीले :

आमाले छोराजस्तै छोरीलाई बनाउनु छ

साहित्यको हातेमालो डोरी बनाउनु छ

बाजुरामा थुप्रै छन्, धरोहराका विषयहरु 

युवा जाजौं, हाम्रो नाटेश्वरी बनाउनु छ

यो सिर्जना मार्फत कार्यक्रम सुरु गरिएको थियो । गजल गुञ्जन कार्यक्रममा पुराना भन्दा नयाँ अनुहारहरु नै बढी उपस्थिति थिए । ओजिला र प्रेमभाव बगेका गजल वाचन गरिँदा कार्यक्रम नै प्रेमील बनेको थियो । उदयमान गजलकार प्रमीला शाहका :

सुरुवादमा प्रेमको प्रभाव दिएर गयो 

मेट्नै नसकिने यो मुटुमा छाप दिएर 

मत सधै उसैको भलो हेर्न चाहन्थ्ये 

बदलामा नबिर्सीने जवाफ दिएर गयो  

यस्तै गजलले मावल नै प्रेममय बनेको थियो । गजलमा राम्रो दक्षता राख्ने र नवउदयमान सिकारु गजल श्रष्टा सहीत २५ जना बढीले प्रस्तुती दिएका थिए । । नाटेश्वरी मै पुगेर गजलकार एवं प्रतिष्ठानका सचिव कृष्ण ओली, गजलकारहरु किरन कालिकोटे, प्रर्मिला थापा, टेकराज गिरी, तपेश रावल, सुरेन्द्र शाही, प्रमिला शाह, सम्झना शाही, हिक्मत थापा हिकु, विक्रम साउँद, पारस बोगटी, प्राप्ती खड्का, विनोद विक, मिन खड्का, रेश्मी शाही, सहीतले प्रस्तुती दिएका थिए । 

प्रणय दिवसको अवसर पारी सुदूर साहित्य प्रतिष्ठान र त्रिवेणी नगरपालिकाको सहकार्यमा जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्य मध्ये एक नाटेश्वरी मन्दिरमा गजल गुञ्जन कार्यक्रम गरिएको अध्यक्ष हर्क खडायतले बताएका छन् ।

No description available.अध्यक्ष हर्क खडायतको अध्यक्षतामा सञ्चालन गरिएको कार्यक्रमको प्रमुख अतिथि नगर प्रमुख रामसिंह रावल रहनु भएको थियो । प्रमुख अतिथि रावलले कार्यक्रममा साहित्य र सिर्जनाले नै सामाजिक संरचनालाई जीवीत राख्ने र मौलिख पहिचान बाचय राख्ने भएकोले नगरपालिकाले स्रष्टाको सम्मान र संरक्षणमा प्रतिवद्ध भएको बताएका छन् । 

उहाँले नगरपालिका र प्रतिष्ठान मिलेर भव्य कार्यक्रम गर्न सहकार्यका लागि समेत आश्वासन दिनु भएको छ । नाटेश्वरी मन्दिरको प्रवद्र्धन तथा साहित्य क्षेत्रको विकासमा टेवा पुर्याउने लक्ष्य सहीत गजल गुञ्जन कार्यक्रम आयोजना गरिएको सचिव कृष्ण ओलीले बताएका छन् ।

नाटेश्वरीमा स्रष्टाको जमघटले मावल नै साहित्यीक बनेको र मन्दिरको महिमा प्रवद्र्धनमा थप टेवा पुगेको स्थानीय समेत रहेका दिपकराज पाध्यायले बताएका छन् । कार्यक्रममा ४० बढी स्रष्टाको सहभागिता रहेको थियो । नाटेश्वरी धार्मीक आस्थाको धरोहर र बडिमालिका माताको दर्शन पछि अनिवार्य पुजा पाठ गर्ने क्षेत्रका रुपमा परिचित छ ।



सोमबार ०३, फागुन २०७७ ०८:२५ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.