राष्ट्रिय उद्योग व्यवसायी महासंघको केन्द्रीय सदस्यमा हिरा रोकाया चयन

नजिक न्युज संवाददाता    

राष्ट्रिय उद्योग व्यवसायी महासंघको केन्द्रीय सदस्यमा हिरा रोकाया चयन

बाजुरा : युवा निर्माण व्यवसायी हिराबहादुर रोकाया नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघ केन्द्रीय सदस्यमा चयन भएका छन् । नेपाल राष्ट्रिय उद्योग व्यसायी महासंघको काठमाडौंमा सम्पन्न केन्द्रीय भेलाबाट रोकाया केन्द्रीय सदस्यमा चयन भएका हुन् । 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूह निटक व्यवसायीको भेलाले नयाँ नेतृत्व चयनसँगै देश व्यापी संगठन निर्माणको अभियान थालेको छ । छाटो समयमै सफल निर्माण व्यवसायीको सूचीमा पर्न सफल रोकाया आफ्नै बिजनेश गु्रप सञ्चालन गरिरहेका छन् ।

२०६७ सालपछि पीसविन बाजुराबाट जागिरे जीवन सुरु गरेका रोकाया हाल निर्माण व्यवसाय तर्फ सक्रिय छन् । पीसविन पछि केयर नेपाल, तत्कालिन जिल्ला प्राविधिक कार्यालय र संघिय संरचना पछि जिल्ला समन्वय समितिमा पनि जागिर गरेका छन् । 

२०७३ पछि मात्र भाईको नाममा कन्सल्टेन्सी सञ्चालन गरेर निर्माण व्यवसाय तर्फ लागेका रोकायाले तीन वर्ष यता भने आफ्नै नाममा ब्रोदर्स बिजनेश ग्रुप सञ्चालन गरेका छन् । केन्द्रीय भेलाबाट केन्द्रीय सदस्यको सपथ ग्रहण गरेको हिरोबहादुर रोकायाले बताएका छन् ।

निर्माण व्यवसायमा सक्रिय भएपनि राजनीतिक आस्थासँग जोडिएर व्यवसायीकै छाता संगठनमा जोडिएको रोकायाको भनाई छ । रोकाया आफै सिभिल इन्जिनियर पनि हुन् । केन्द्रीय सदस्य पछि रोकायालाई सामाजिक सञ्जालमा बधाइ तथा शुभकामना दिनको बाक्लो संख्या देखिएको छ । 



सोमबार ०३, फागुन २०७७ ०६:०३ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.