डडेल्धुरामा भागरथीको न्यायका लागि डोको बोकेर प्रदर्शन

नजिक न्युज संवाददाता    

डडेल्धुरामा भागरथीको न्यायका लागि डोको बोकेर प्रदर्शन

धनगढी: डडेल्धुरामा भागरथी भट्टको न्यायका लागि डोको बोकेर प्रदर्शन गरिएको छ । शुक्रबार डडेल्धुराका तिलक हमाल चरिले भागरथीका हत्यारालाई कारवाहीको माग गर्दै डोकोमा प्लेकार्ड टाँसेर प्रदर्शन गरेका हुन् ।

उनले भागरथीका हत्यारा पत्ता लगाउनुपर्ने लगायतका मागहरु लेखिएका पम्पलेटहरु डोकोमा टाँसेर सदरमुकाम परिक्रमा गरेका थिए ।

बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथीको बलात्कारपछि हत्या गरिएको अवस्थामा शव फेला परेको थियो ।

गत बुधबार विद्यालयबाट फर्किने क्रममा सम्पर्कविहिन भएकी भट्टको शव बिहीबार साँझ स्थानीय लवलेक सामुदायिक वनमा भेटिएको थियो। 

उनको बलात्कारपछि हत्या भएको पोस्टमार्टम रिपोर्टपश्चात पुस्टि भइसकेको छ भने घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



शुक्रबार ३०, माघ २०७७ ०८:५४ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.