धनगढीः कैलालीमा बाघको आक्रमणमा परि एक जना घाइते भएका छन्। जिल्लाको कैलारी गाउँपालिका ८ दुधियाका करिब २७ वर्षीय दुर्गा चौधरीलाई शुक्रबार विहान बाघले आक्रमण गरि घाइते बनाएको हो।
स्थानीय अजित चौधरीका अनुसार स्थानीय सामुदायिक वनमा विवाहको लागि पात टिप्न गएका चौधरीलाई बाघले आक्रमण गरि घाइते बनाएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका सहायक प्रवक्ता प्रहरी निरीक्षक हिक्मत थापाले घाइतेको अवस्था खतरामुक्त रहेको हाल सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको जानकारी दिए।
बाघको आक्रमणमा परि गम्भीर चौधरीको उदासीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारपछि थप उपचारका लागि सेती अस्पतालमा रिफर गरिएको थियो । चौधरीलाई आक्रमण गर्ने पाटेबाघ रहेको बताइएको छ।
प्रतिकृया दिनुहोस