धनगढीमा विवाहमा आएका युवकमाथि कुटपिट, २ जना पक्राउ

नजिक न्युज संवाददाता    

धनगढीमा विवाहमा आएका युवकमाथि कुटपिट, २ जना पक्राउ

धनगढीः धनगढीमा विवाहमा आएका २ जना युवकमाथि कुटपिट गरिएको छ। धनगढी उप–महानगरपालिका–४ को शिवपुरीमा विवाहमा आएका वडा नम्बर १ बस्ने २८ वर्षीय सुरज कुस्मी र १८ वर्षीय समिर चौधरीमाथि कुटपिट भएको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालयका सहायक प्रवक्ता प्रहरी निरीक्षक हिक्मत थापाले कुटपिटबाट घाइते भएका दुवै जना उपचारपछि डिस्चार्ज भइसकेको बताए। 

उनकाअनुसार कुटपिटमा संलग्न धनगढी उपमहानगरपालिका ४ बस्ने अर्जुन चौधरी र वडा नम्बर १ बस्ने तुसार चौधरीलाई पक्राउ गरिएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 



बिहिबार २९, माघ २०७७ १०:३२ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.