धनगढी: कैलालीको धनगढी–अत्तरिया सडकखण्ड अन्तरगत गेटामा मोटरसाइकल दुर्घटना हुँदा २ जना घाइते भएका छन्।
से४६ ११४६ नम्बरको मोेटरसाइकल दुर्घटना हुँदा चालक लम्कीचुहा नगरपालिका–३ का २१ वर्षीय लाल चौधरी र सोही मोटरसाइकलमा सवार अन्दाजी २८ वर्षीय प्रेम चौधरी घाइते भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।
घाइतेहरुको अत्तरियस्थित पद्मा अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ।
प्रतिकृया दिनुहोस